चुनावको मुखमा घट्यो पेट्रोलियम पदार्थको खपत

काठमाडौँ । पछिल्लो समय पेट्रोलियम पदार्थको खपतमा कमी आएको छ । नेपाल आयल निगमले गत आर्थिक वर्षको तुलनामा चालु आवमा पेट्रोलियम पदार्थका खपतमा कम भएको जनाएको हो ।
यसअघि चाड पर्व तथा निर्वाचनका समयमा पेट्रोलियम पदार्थको खपतमा वृद्धि हुने गरेका थियो । आसन्न निर्वाचन नजिकिए पनि पेट्रोलियम पदार्थको खपतमा वृद्धि हुन नसकेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।,
उनका अनुसार गत वर्षको कात्तिक महिनाको तुलनामा चालु वर्षको कात्तिक महिनामा पेट्रोल तथा डिजेलको खपतमा ठूलो परिमाणमा कमी आएको छ । ०७८ को कात्तिक २३ गतेसम्म (कात्तिक महिना) ६३ हजार ३१५ किलोलिटर पेट्रोल र एक लाख ३५ हजार आठ सय १२ किलोलिटर डिजेलको खपत भएको थियो ।
जबकी ०७९ को कात्तिक २३ गतेसम्म ४४ हजार ५१३ किलोलिटर पेट्रोल र ७८ हजार ४२६ किलोलिटर मात्रै डिजेल खपत भएको छ । तरलता अभाव तथा विकास निर्माणको सिजन नहुँदा निर्माणका काम ठप्प हुँदा, तेलको मूल्यमा वृद्धि, नेपाल र भारतको तुलनामा पछिल्लो समय नेपाली बजारमा तेलको मूल्य धेरै हुँदा खपत घटेको हो ।
ट्यांकर चालकले भारतमै तेल हाल्दा, सीमा नजिक हुनले भारतमै पेट्रोलियम पदार्थको खरिद गर्दा खपतमा कमी आएको हुन सक्ने निगमको अनुमान छ ।

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
प्रतिक्रिया