आज पहाडी क्षेत्रमा वर्षा र हिमालमा हिमपातको सम्भावना
मेरोन्यूज
२०७९ कार्तिक २९ गते ६:४६

काठमाडौं । आज मुलुकका केही क्षेत्रमा वर्षाको हिमपातको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कर्णालीका हिमाली भूभागका थोरै स्थान तथा बाँकी हिमाली भूभागको एक वा दुई स्थानमा हल्का हिमपातको आकलन पनि गरिएको छ ।
राति प्रदेश १ र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपात हुने ठानिएको छ ।
बुधबार प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । हिमाली भूभागका एक वा दुई स्थान हल्का हिमपातको प्रक्षेपण गरिएको छ ।
हाल देशमा पश्चिमी वायुको हल्का प्रभाव रहेको छ ।
सम्बन्धित
















सिंहदरबार पुगेर गृहमन्त्रीको राजीनामा माग्ने विद्यार्थी पक्राउ
सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ
धितोपत्र बोर्ड अध्यक्षको नियुक्ति सिफारिस गर्न समिति गठन
लुम्बिनी प्रदेशसभा बैठकः दलित अधिकारसम्बन्धी विधेयक पारित
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्षसहित तीन जना नियुक्त
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
प्रतिक्रिया