१० जिल्लामा १४ हजार सुरक्षाकर्मी परिचालन
मेरोन्यूज
२०७९ कार्तिक २९ गते ९:००

सुर्खेत । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कर्णाली प्रदेशका १० जिल्लामा साढे १४ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।
कर्णाली प्रहरीका अनुसार निर्वाचन सुरक्षाका लागि १४ हजार ८ सय ७ सुरक्षा जनशक्ति परिचालन गरिएको हो । वरिष्ठ प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठका अनुसार निर्वाचनलाई निष्पक्ष, भयरहित बनाउन मतदानस्थलमा ५ हजार ७ सय २९ नेपाल प्रहरी र ९ हजार ७८ जना म्यादी प्रहरी गरी १४ हजार ८ सय ७ जना सुरक्षाकर्मी खटाइएको हो ।
हुम्ला, डोल्पालगायत जिल्लामा हिमपात र भौगोलिक विकटताका कारण निर्वाचनस्थलमा निर्वाचन सामग्री र निर्वाचनपश्चात् मतपेटिका ढुवानीको लागि हेलिकप्टरको व्यवस्था मिलाएको उनले बताए ।
कर्णालीमा २ सय ६७ मतदानस्थल अति संवेदनशील छन् । कर्णालीमा १० लाखभन्दा धेरै मतदाता रहेका छन् ।
सम्बन्धित
















बजाज ‘नेक्स्ट जेन महा-एक्सचेन्ज कार्निभल’ आकर्षक एक्सचेन्ज अफर
युरोपेली युनियनद्वारा रूसी ग्यासमा प्रतिबन्ध
नवीकरणीय ऊर्जाका लागि सशक्त कानुन बनाइँदै छ : मन्त्री सिन्हा
धनुषाका १९४ मतदानस्थल अतिसंवेदशनशील
दुई हजार एक सय जना एमालेमा प्रवेश
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपाललाई जिम्बाबेले दियो १ सय ३० रनको लक्ष्य
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
प्रतिक्रिया