जुम्लामा एक हजार नौ सय ५४ सुरक्षाकर्मी परिचालन

जुम्ला । ४ मंसिरमा हुने निर्वाचनको तयारी पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ। मतदातालाई मतदान गर्न सहज बनाउन सुरक्षाकर्मीहरु खटिएका छन्।
जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार एक हजार नौ सय ५४ जना सुरक्षाकर्मी खटिएका छन् । एक सय ६ मतदान केन्द्र स्थायी र दुई अस्थायी गरी एक सय आठ मतदान केन्द्र र ८६ मतदान स्थल रहेको जुम्लाकी प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताइन् । उनका अनुसार एउटा अस्थायी मतदान केन्द्र कर्मचारी र अर्काे कारागारका कैदीबन्दीका लागि राखिएको हो ।
कर्मचारी र कारागारमा रहेका कैदीबन्दीले सामानुपातिकतर्फ मात्रै मतदान गर्न पाउने ब्यवस्था छ । जुम्लाको सुरक्षा निकायले पार्टीका कार्यकर्ताहरूको झडप, आपराधिक समूहको गतिविधि, अवैध हातहतियारलाई चुनौतीका रूपमा लिएका छन्। निर्वाचनका लागि जिल्लामा एक हजार नौ सय ५४ हजार सुरक्षाकर्मी परिचालन भएका छन् । जसमा आठ सय ४३ म्यादी प्रहरी, दुई सय २६ नेपाल प्रहरी, चार सय ५० नेपाली सेना र दुई सय ३५ सशस्त्र प्रहरी मतदान स्थलमा खटिएका छन् ।
निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले बताए । उनका अनुसार टाढा रहेका मतदान अधिकृतहरू गइसकेका छन् ।नजिकै रहेका मतदान स्थलहरूका लागि जाने क्रम जारी रहेको छ ।
जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार सबै मतदान स्थलमा सुरक्षाकर्मी बिहीबार पुग्ने बताए । निर्वाचनको लागि आठ सय ३९ कर्मचारी खटाइएको छ ।
















अत्यधिक चिसोका कारण मङ्गोलियामा १३ जनाको मृत्यु
194 polling stations in Dhanusha classified as highly sensitive
Trump says hiking tariffs on South Korean goods to 25%
गण्डकीका ३५ सहकारी खारेज
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
निर्वाचन आयोगले सार्वजनिक गर्याे उम्मेदवारको वैयक्तिक विवरण
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
प्रतिक्रिया