निर्णायक खेलमा नेपालले टस जित्यो, फिल्डिङ गर्ने
मेरोन्यूज
२०७९ मंसिर २ गते ९:३६
काठमाडौं । युएईविरुद्धको तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । कप्तान रोहितकुमार पौडेलले फिल्डिङ गर्ने भएसँगै युएईले सुरुमा ब्याटिङ गर्नेछ ।
आज नेपाल जितसहित जितसहित शृंखला आफ्नो पक्षमा पार्न चाहन्छ । सोमबारबाट सुरु भएको युएईविरुद्धको तीन एक दिवसीय शृंखला दुई खेलको समाप्तीमा १-१ को बराबरीको स्थितीमा रहेको छ ।
पहिलो खेलमा युएईलाई ८४ रनको नतिजा सुम्पिएको नेपालले दोस्रो खेलमा तीन विकेटको जितसहित शृंखलामा १ -१ को बराबरी गरेको थियो ।
नेपाल आज ब्याटिङमा सुधारिएको प्रदर्शनसहित शृंखला आफ्नो पक्षमा पार्न चाहन्छ । नेपालले डिसेम्बरमा आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय शृंखलाका लागि नामिबियाको भ्रमण गर्दैछ । युएईविरुद्धको शृंखलालाई नेपालले सोही लिगको अभ्यास खेलको रुपमा लिएको छ ।
सम्बन्धित
















इरान प्रस्तावमा अमेरिकाकाे आशंका, युद्ध अन्त्य अनिश्चित
काठमाडौँमा २४ घण्टामा २७२२ सवारी चालकमाथि कारबाही, २७ लाख राजश्व संकलन
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
ओमानले नेपाललाई दियो ३०६ रनको लक्ष्य
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
प्रतिक्रिया