नेपालले सुरू गर्याे जवाफी ब्याटिङ

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले तेस्रो एक दिवसीय खेलमा दिएकाे एक सय ७७ रनको लक्ष्य पछ्याउँदै नेपालले जवाफी ब्याटिङ थालेकाे छ ।
यसअघि कीर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा एक सय ७६ रनको योगफल खडा गरेको थियाे । ९३–९ को स्थितिमा रहेको युएईको इनिङ आयान अफ्जल खान र हर्जत बिलालले अन्तिम विकेटका लागि अविजित ८३ रनको साझेदारी गरेका थिए ।
खानले ६३ बला सात चौका र एक छक्का मद्दतमा अविजित ५४ रन जोड्दा बिलालले ५४ बलमा १ छक्का मद्दतमा अविजित २० रन जोडे । त्यस्तै अलिसान सराफुले ६९ बलमा ४ चौका मद्दतमा ३३ रन जोडे भने रोहन मुस्तफाले ५६बलम २ चौका मद्दतमा २४ रन जोडे ।
नेपालका कुशल भुर्तेल, दिपेन्द्रसिंह ऐरी र गुल्सन झाले समान दुई विकेट लिए भने सोमपाल कामी र ललित राजवंशीले समान एक विकेट लिए ।
तीन एक दिवसीय खेलको शृंखला १-१ को बराबरीको स्थितीमा रहेको छ । पहिलो खेल युएईले ८४ रनले जितेको थियो भने दोस्रो खेल नेपालले ३ विकेटले जितेको थियो ।
दुवै टोली आजको खेल जित्दै शृंखला आफ्नो पक्षमा पार्न चाहन्छन् ।
















ओमानले नेपाललाई दियो ३०६ रनको लक्ष्य
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
पहिरो र चट्याङमा परी १६ पशुचौपाया मरे, ३८ बेपत्ता
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
चितवनका २ सय बढीले पाए जग्गाधनी पुर्जा
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
प्रतिक्रिया