क्वालिटी इन्टरटेनमेन्ट अवार्डमा अश्विनीलाई वर्ष व्यक्तिको सम्मान

काठमाडौँ । चर्चित पेजेन्ट कोरियोग्राफर अश्विनी झालाई क्वालिटी इन्टरटेनमेन्ट अवार्डको दोश्रो संस्करणमा यस वर्षको ‘राष्ट्रिय वर्ष व्यक्ति सम्मान’ प्रदान गरिएको छ ।
राष्ट्रिय नाचघर जमलमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि प्रथम उपराष्ट्रपति झासहित आयोजक संस्था क्वालिटी फिल्मसका अध्यक्ष उमेश गुरुङ, कलाकार संघका उपाध्यक्ष मोहन निरौला लगायतले दोशल्ला र सम्मान पत्रसहित झालाई सम्मानित गरेका हुन् ।
कार्यक्रम आयोजक संस्थाका प्रमुख उमेश गुरुङ्गले नेपाली सौन्दर्य प्रतियोगिता तथा फेसनलाई नेपाली फेशन तथा पेजेन्ट जगतमा पुर्याउन अतुलनिय योगदान गरेको भन्दै झालाई सम्मानित गर्न पाएकोमा निकै खुशी लागेको बताए ।
यसअघि नेपाली कला क्षेत्रमा कोरियोग्राफीका माध्यमले पुर्याएको योगदनलाई मूल्यांकन गर्दै नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयबाट प्रदान गरिने ‘राष्ट्रिय युवा प्रतिभा सम्मान २०७७’ का विजेता कोरियोग्राफर अश्विनीलाई मधेश प्रदेश सरकार ‘महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयबाट’ मधेशका मान ‘सम्मानसहित नेपाल म्युजिक एण्ड फेशन अवार्डमा’ बेस्ट कोरियोग्राफर’ लगायत अन्तर्राष्ट्रिय स्तरमा सिंगापुरमा गोल्डेन ब्राण्ड अवार्डबाट सम्मानित भइसक्नु भएको छ ।
लामो समयदेखि पेजेन्ट तथा फेशन कोरियोग्राफरको रुपमा आफ्नो उत्कृष्टता प्रदान गर्दै आएका झाले थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्डका साथै सम्मान प्राप्त गरेका छन । ब्युटी पेजेन्ट असोसीएसन अफ नेपालका संस्थापक सदस्य, अश्विनी फेशन डिजाइनर काउन्सिल अफ नेपालका सल्लाहकारसमेत रहेका छन् । कोरियोग्राफर अश्विनी वर्तमान समयमा नेपालका निकै व्यस्त तथा सफल कोरियोग्राफरमा पर्दछन् ।
सोही कार्यक्रममा अन्य विभिन्न व्यक्तित्वलाई पनि आआफ्नो क्षेत्रमा पुर्याउनु भएको विशेष योगदानलाई कदर गर्दै यस वर्षको क्वालिटी इन्टरटेनमेन्ट लाइफ टाइम एचिभमेन्ट अवार्ड वरिष्ट ध्वनी सम्पादक दीका गुरुङलाई प्रदान गरिएको थियो । साथै, चलचित्र तथा संगीत पत्रकारिता पुरस्कार पत्रकार डब्बु क्षत्रीलाई प्रदान गरियो ।
अभिनेता धिरेन शाक्यलाई विशेष सम्मानका साथै मेकअप आर्टिष्ट टेकराज पाण्डेलाई वर्षको उत्कृष्ट मेकअप आर्टिष्ट सम्मान, साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’, संगीतकार राजेन्द्र बजगाई, संगीत संयोजक राजु खड्का, सञ्चारव्यबसायी सुमित प्रताप जबरा, जेष्ठ समाजसेवी बेदी नारायण खापुङ लिम्बुलगायत अन्य व्यक्तित्वलाई सम्मान प्रदान गरियो ।
उक्त अवार्ड समारोहमा चर्चित गायक आशिष सचिनले दाह्री फुल्योसहित केही गीत प्रस्तुत गरेर दर्शकलाई नचाए । यस्तै, अभिनेता गजित बिष्टको नृत्य, अभिनेत्री अरुसी मगरको नृत्यसँगै गायक टीका बमजनको गायन प्रस्तुतिले पनि कार्यक्रमको रौनकता बढायो ।















लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै
वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुमा बस दुर्घटना २६ जना घाइते
आज राष्ट्रपतिले दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने
भक्तपुरमा आजदेखि बिस्का: जात्रा सुरु हुँदै
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
प्रतिक्रिया