गौरको कपडा पसलमा आगलागी : एकै घरका ३ बालबालिकाको मृत्यु

रौतहट । रौतहटको सदरमुकाम गौरस्थित माईस्थान चोकमा रहेको एक कपडा पसलमा आगलागी हुँदा एकै घरमा ३ बालबालिकाको मृत्यु भएको छ । इस्लाम कपडा–डसना पसलमा बुधबार राति आगलागी भएको हो ।
आगलागीमा जलेर स्थानीय इस्लाम मियाँका ५ वर्षीया छोरी सबिना खातुन, ९ वर्षीया छोरी रुक्साना खातुन र ७ वर्षीय छोरा इमरान मन्सुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । आगलागीमा गम्भीर घाइते तीनै जनालाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।
पसलसँगै रहेको घरमा राखिएको कपासमा विद्युत् सर्ट भई आगो लागेको अनुमान गरिएको छ ।
आगलागीमा परी इस्लामका भतिजा महम्मद इसराइल मन्सुरी, महम्मद इमरान र नसिमा खातुन भाइते भएका छन् । घरमा आगो लागेपछि भागेर ज्यान जोगाउने क्रममा लडेर नसिमा घाइते भएकी थिइन् । घाइते सबैको ज्यान जोगाउन भाग्ने क्रममा लडेर खुट्टामा चोट लागेको हो । घाइतेको गौर अस्पतालमा उपचार भइरहेको छ ।
















अत्यधिक चिसोका कारण मङ्गोलियामा १३ जनाको मृत्यु
194 polling stations in Dhanusha classified as highly sensitive
Trump says hiking tariffs on South Korean goods to 25%
गण्डकीका ३५ सहकारी खारेज
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
निर्वाचन आयोगले सार्वजनिक गर्याे उम्मेदवारको वैयक्तिक विवरण
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
प्रतिक्रिया