अमेरिका र पोर्चुगल पठाइदिने भन्दै लाखौ ठगी गर्ने दुई जना पक्राउ
काठमाडौँ । अमेरिका तथा पोर्चुगल पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रामेछाप नगरपालिका ५ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका ५ बस्ने ३४ वर्षीय योगेश राज श्रेष्ठ र सर्लाही हरिपुर नगरपालिका १ घर भई हाल काठमाडौँ महानगर ३२ सुविधानगर तिनकुने बस्ने ३० वर्षीया धन कुमारी ओली रहेका छन् ।
अमेरिकाको प्रतिष्ठित कम्पनीमा लगेर काममा लगाइदिने र त्यसका लागि प्रतिव्यक्ति २५ लाख रूपैयाँ लाग्न प्रलोभनमा पारी पीडितबाट १४ लाख रूपैयाँ रकम ठगी गरी सम्पर्कविहीन भएका योगेश राजलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले ललितपुर सातदोबाटोबाट सोमबार पक्राउ गरेको हो ।
यस्तै, धन कुमारीले विभिन्न व्यक्तिहरूलाई पोर्चुगल पुगेपछि प्रतिष्ठित होटलमा काममा लगाइदिने भन्दै प्रतिव्यक्ति १३ लाख रूपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी पीडितहरूबाट २१ लाख रूपैयाँ ठगी गरी सम्पर्कविहीन भएकोमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले ललितपुर सातदोबाटोबाट आइतबार पक्राउ गरेको हो ।
उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँ पठाइएको छ ।
















अत्यधिक चिसोका कारण मङ्गोलियामा १३ जनाको मृत्यु
194 polling stations in Dhanusha classified as highly sensitive
Trump says hiking tariffs on South Korean goods to 25%
गण्डकीका ३५ सहकारी खारेज
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
निर्वाचन आयोगले सार्वजनिक गर्याे उम्मेदवारको वैयक्तिक विवरण
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
प्रतिक्रिया