विश्वभर १० वर्षमाथिका तीन चौथाइ मानिसले मोबाइल चलाउँछन् : राष्ट्रसङ्घ

काठमाडौं । संयुक्त राष्ट्रसङ्घले १० वर्षभन्दा माथिका करिब तीन चौथाइ मानिससँग मोबाइल फोन रहेको र यसले इन्टरनेटको व्यापक प्रयोगको बाटो खोलेको जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू)ले सन् २०२२ को अन्त्यसम्ममा १० वर्षभन्दा माथिका विश्वका ७३ प्रतिशत जनसङ्ख्यासँग मोबाइल फोन भएको देखाएको छ ।
“मोबाइल फोन इन्टरनेट प्रयोगको लागि सबैभन्दा सहज ढोका हो । मोबाइल फोन स्वामित्वको प्रतिशतले इन्टरनेट उपलब्धता र पहुँचको सूचकको रूपमा सेवा गर्दछ,” आईटीयूले विश्वव्यापी सूचना सम्पर्कबारे आफ्नो वार्षिक रिपोर्ट सार्वजनिक गर्दै जानकारी गराएको छ ।
रिपोर्टमा मोबाइल फोनको उपलब्धता इन्टरनेट प्रयोगको तुलनामा उच्च रहेको र विशेष गरी कम आय भएका देशहरूमा सामान्यतया ब्रोडब्यान्ड सेवा र सेलुलर सेवाहरू भन्दा महँगो रहेको उल्लेख गरिएको छ ।
आईटीयूले हालैका वर्षहरूमा मोबाइल फोनको स्वामित्व लगातार बढेको र सन् २०१९ मा यो सङ्ख्या ६७ प्रतिशतभन्दा कम रहेको अनुमान गरेको छ ।
आईटीयूका वरिष्ठ अर्थशास्त्री थियरी गीगरले एएफपीलाई बताएअनुसार सन् २०२० मा कोभिड-१९ महामारीको पहिलो वर्षमा अनलाइन प्रगोग गर्ने जनसङ्ख्यामा ठूलो वृद्धि भएको छ ।
आईटीयूका अनुसार, धनी देशहरूमा मोबाइलको उपलब्धता सबैभन्दा बढी छ । यी मुलुकहरूमा हाल औषत ९५ प्रतिशत मानिसहरूसँग मोबाइल फोन छ । कम आय भएका देशहरूमा सबैभन्दा थोरै केवल ४९ प्रतिशत मानिससँग मात्र फोन छ ।
















राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस
Ajit Pawar dies in plane crash: Fellow MPs express shock at “heart rending” news, recall big role in development of Baramati
राष्ट्रपति र प्रधानमन्त्रीबीच आधा घण्टा भेटवार्ता
Gold, silver prices set new records in domestic market
म्याग्दीको गुर्जा र घोडेपानीमा हिमपात
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
प्रधान सेनापति खुल्ला म्याराथन दौड माघ २४ गते हुने
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
प्रतिक्रिया