कतार विश्वकप २०२२
अर्जेन्टिना समूह विजेता बन्दै नकआउट चरणमा

काठमाडौं । उपाधि दावेदार अर्जेन्टिना समूह विजेता बन्दै फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । समूहको अन्तिम खेलमा पोल्यान्डलाई २-० ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा स्थान बनाउन सफल रहयो ।
पहिलो हाफमा कप्तान लिओनेल मेस्सीले पेनाल्टी चुकाउँदा पहिलो हाफको खेल गोलरहित रहेको थियो । पोल्यान्डका गोलरक्षक वोजसिएक सेचेज्नीले एक पेनाल्टीसहित अर्जेन्टिनाको लगातार आक्रमण विफल पार्दै खेल गोलरहित राखे ।
तर दोस्रो हाफको सुरुवातमै अर्जेन्टिना गोल फर्काएपछि अर्जेन्टिनालाई दबाब रहेन । दोस्रो हाफको मध्यतिर अग्रता दोब्बर भएपछि अर्जेन्टिना सहज जिततर्फ उन्मुख देखिएको थियो ।
सातौं मिनेटमा मेस्सीले पेनाल्टी क्षेत्रबाहिर पोल्यान्डका तीन डिफेन्डर बिट गरेपनि अन्तिम प्रहार फितलो हुन पुग्यो । दशौं मिनेटमा मेस्सीले कठिन एंगलबाट गरेको शक्तिशाली प्रहार गोलरक्षक वोजसिएक सेचेज्नीले बचाए । त्यसपछि अर्जेन्टिनाले लगातार आक्रमण बुनेपनि पोलिस डिफेन्स सजग रहीरह्यो ।
२९ औं मिनेटमा मार्कस अकुनाको प्रहारले पोस्टको दिशा लिन सकेन । ३४ औं मिनेटमा एन्जल डी मारियाको कर्नर प्रहारलाई उनकै क्लब युभेन्टसबाट खेल्दै आएका गोलरक्षक सेचेज्नीले नै बल्लतल्ल बचाए ।
३५ औं मिनेटमा सेचेज्नी अर्जेन्टिनाको अग्रतासामु पुनस् बाधक बने । जुलियन अल्भारेजसँग वन भर्सेस वनको अवस्थामा उनले राम्रो बचाउ गरे । लगत्तै अल्भारेजले दिएको क्रस बचाउने प्रयासमा सेचेज्नीको हातले मेस्सीको अनुहारमा लागेको थियो । रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहयता लिँदै अर्जेन्टिनालाई पेनाल्टी दिए ।
तर मेस्सीले उक्त पेनाल्टीमा गोल गर्न सकेनन् । सेचेज्नीले आफ्नो बायाँतर्फ डाइभ दिँदै मेस्सीको पेनाल्टी प्रहार विफल पारे । जारी विश्वकपमा उनको यो दोस्रो पेनाल्टी बचाउ हो । यसअघि उनले साउदी अरेबियाका अल दसारीको पेनाल्टी पनि बचाएका थिए । ४३ औं मिनेटमा अल्भारेजको प्रहारमा पुनस् सेचेज्नी बाधक बने ।
पहिलो हाफ गोलरहित रहेपनि दोस्रो हाफको सुरुवातमै अर्जेन्टिनाले अग्रता लियो । अर्जेन्टिनाका लागि एलेक्सिस म्याक आलिस्टरले ४७ औं मिनेटमा गोल गरे । नाहुएल मोलिनाले दायाँ विंगबाट दिएको लो क्रसलाई एलेक्सिसले गरेको प्रहार फितलो थियो । तर उक्त प्रहार दुई डिफेन्डर र गोलरक्षक पार हुँदै गोलमा परिणत भएको थियो ।
६८ औं मिनेटमा जुलियन अल्भारेजले अर्जेन्टिनाको अग्रता दोब्बर पारे । एन्जो फर्नान्डेजले पेनाल्टी क्षेत्र बाहिरबाट दिएको पासलाई अल्भारेजले पेनाल्टी क्षेत्रभित्र डिफेन्डरको दबाबमाझ नियन्त्रण गरे । उनले त्यसपछि गरेको प्रहार गोलरक्षक सेचेज्नीको हातमा लाग्दै गोल भएको थियो ।
७१ औं मिनेटमा अल्भारेजको प्रहारले पोस्टको दिशा लिन सकेन । ८६ औं मिनेटमा लौटारो मार्टिनेजको प्रहारलाई गोलरक्षक सेचेज्नीले विफल पारे ।
यस जितसँगै अर्जेन्टिना ३ खेलमा ६ अंक जोड्दै अंक तालिकाको शीर्षस्थानमा रहेर समुह विजेताका रुपमा नकआउट चरणमा पुगेको छ ।
















प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीको शपथ आज
दासत्व पीडितहरूको स्मृति दिवस आज
बुधवारका लागि विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा हुने
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
प्रतिक्रिया