क्षमताभन्दा बढी सामान बोक्ने ७५ ट्रक र ट्रिपर कारबाहीमा
मेरोन्यूज
२०७९ मंसिर १५ गते १४:०१

काठमाडौं । क्षमताभन्दा बढी सामान बोक्ने ७५ वटा ट्रक र ट्रिपर कारबाहीमा परेका छन् ।
बुधबार राति ९ देखि ११ बजेसम्म भक्तपुरको सल्लाघारी – जगाती सडक खण्डमा गरिएको रात्रिकालीन चेकिङमा हद निर्धारण गरिएको भन्दा बढी सामान राखिएका ती सवारीसाधनलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
३२ वटा सवारीसाधनलाई यातायात व्यवस्था ऐन २०४९ बजोजिम एक हजार रुपैयाँ जरिवाना गरिएको र ४३ वटा सवारीसाधनमा बढी भएको सामान भने कारवाहीस्वरुप हटाइएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
सम्बन्धित
















अत्यधिक चिसोका कारण मङ्गोलियामा १३ जनाको मृत्यु
194 polling stations in Dhanusha classified as highly sensitive
Trump says hiking tariffs on South Korean goods to 25%
गण्डकीका ३५ सहकारी खारेज
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
निर्वाचन आयोगले सार्वजनिक गर्याे उम्मेदवारको वैयक्तिक विवरण
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
प्रतिक्रिया