कतार विश्वकप २०२२
एमबाप्पे र जिरुडको उत्कृष्ट खेलसँगै फ्रान्स क्वाटरफाइनलमा

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत अन्तिम १६ चरणको तेस्रो खेलबाट फ्रान्स क्वाटर फाईनलमाप्रवेश गरेको छ ।
पोल्यान्डलाई ३-१ ले पराजित गर्दै फ्रान्स अन्तिम ८ मा पुगेको हो । फ्रान्सका खेलाडी ओलिभिएर जिरुड र
किलीयन एमबाप्पे जमेपछि फ्रान्सलाई जित निकाल्न सहज भएको हो ।
खेलको पहिलो हाफमै ओलिभिएर जिरुड
को गोलमा फ्रान्सले १-० को अग्रता लिएको थियो ।
दोस्रो हाफमा भने किलीयन एमबाप्पेले २ गोल गर्दै टिम लाई ३-० को अग्रता दिएका थिए । एमबाप्पेले दोस्रो हाफमा दुई गोल गरे ।
खेलको सुरुवाती समय फ्रान्सले लगातार आक्रमण बुनेपनि गोलरक्षक वोजसिएक सेचेज्नीले बल आफू पार हुन दिएनन् । एकपटक सेचेज्नी बिट भएको अवस्थामा जिरुडले गम्भीर गल्ति गर्दा फ्रान्स अघि बढ्न सकेन । लगत्तै अर्को तर्फ पोल्यान्डले पनि अघि बढ्ने अवसर गुमाएको थियो । तर पहिलो हाफको अन्तिम मिनेटमा जिरुडले फ्रान्सलाई अघि बढाए ।
२८ औं मिनेटमा फ्रान्सले अग्रता लिने सुवर्ण अवसर खेर फाल्यो । ओलिभिएर जिरुडले खाली पोस्टमा गोल गर्न नसक्दा खेल बराबरीमा रहेको थियो । ओस्मान डेम्बेलेले दायाँ विंगबाट दिएको लो क्रसमा डिफेन्स लाइन र गोलरक्षक बिट भएका थिए । तर अनमार्क रहेका जिरुडले फार पोस्टमा बललाई खाली पोस्टको दिशा दिन सकेनन् ।
३५ औं मिनेटमा पोल्यान्डको लगातार तीन आक्रमणलाई फ्रान्सका गोलरक्षक ह्युगो लोरिस र डिफेन्डरहरुले ६ यार्ड बक्सबाट रोके । बायाँ विंगबाट सुरु भएको आक्रमणपछि पेनाल्टी क्षेत्र भित्र पोल्यान्डले तीन पटक रिबाउन्डमा प्रहार गर्न पाउँदा पनि फ्रान्सविरुद्ध अग्रता लिन सकेन ।
पहिलो हाफको १ मिनेट समय बाँकी रहँदा जिरुडले गोल गरे । किलीयन एमबाप्पेको पासलाई पेनाल्टी क्षेत्र भित्र लग्ने क्रममा अफसाइड ट्रयाप बिट गरेका उनले वन भर्सेस वनमा फिनिस गरे । यससँगै जिरुड ५२ अन्तर्राष्ट्रिय गोलसहित फ्रान्सका लागि सर्वाधिक गोलकर्ता पनि बने ।
खेलको ७४ औं मिनेट र ९० औं मिनेटमा गोल गर्दै केलियान एम्बाप्पेले टोलीको जित निश्चित गरेका थिए ।
इन्ज्युरी समयको अन्तिम मिनेटमा पोल्यान्डले पेनाल्टी प्राप्त गर्यो । रोबर्ट लेवान्डोस्कीको प्रहारलाई गोलरक्षक ह्युगो लोरिसले बचाएपनि रेफ्रीले पुन: प्रहार गर्न निर्णय दिए । प्रहार गर्नुअघि गोलरक्षक लोरिस गोललाइनबाट बाहिर आएकाले पुन: प्रहार गर्न पाएका थिए । दोस्रो प्रयासमा भने लेवान्डोस्की गोल गर्न सफल रहे ।
जितपछि अब फ्रान्सले आजै हुने सेनेगल र इङल्यान्ड वीचको बिजेता सग अन्तिम ८ मा प्रतिस्पर्धा गर्नेछ ।
















काठमाडाैं उपत्यकामा हावाहुरीसहित वर्षा
मध्यपूर्व युद्ध सुरु भएयता इरानद्वारा २१ जनालाई मृत्युदण्ड, ४ हजारलाई पक्राउ
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
ओमानसँग नेपाल १०२ रनले पराजित
पर्वतको लुङ्खु – हुवास सडक कालोपत्र सम्पन्न
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
प्रतिक्रिया