कतार विश्वकप २०२२
अतिरिक्त समयमा मोरक्को र स्पेनको खेल

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तरगत मोरक्को र स्पेनबीचको क्वाटरफाइनल खेल अतिरिक्त समयमा पुगेको छ । निर्धारित ९० मिनेटको समयमा कसैले पनि गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको हो ।
एजुकेशन सिटी संगशालामा मंगलबार राति भएको खेल गोलरहित बराबरीमा सकिएपछि अतिरिक्त समयमा पुगेको हो ।
दोस्रो हाफमा मोरोक्को आक्रामक रुपमा प्रस्तुत भएको थियो ।
खेलमा स्पेनले बल पोसेसन राख्दै मोरक्कोलाई दवावमा राखेपनि गोलरक्षक यासिन बोनोउलाई खासै समस्यामा पार्न सकेन । यता, मोरक्कोले काउन्टर अट्याकमा स्पेनको डिफेन्डरमाथि दवाव बढाएपनि गतिलो आक्रमण गर्न सकेन । १२औं मिनेटमा अक्रफ हाकिमीको पेनाल्टी क्षेत्र बाहिरको फ्रिकिक सदुपयोग हुन सकेन । २७औं मिनेटमा मार्को एसेन्सियोको प्रहारले पोस्टको दिशा लिन सकेन ।
३३औं मिनेटमा माजराओईले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई गोलरक्षक युनाई सिमोनले दोस्रो प्रयासमा नियन्त्रणमा लिए । ४३औं मिनेटमा अचरप हाकिमीको क्रसमा सोफियन बोउफलको फ्लिक पासलाई एगुरेडको हेडर पोस्ट नजिकबाट बाहिरिदा मोरक्को अग्रता लिनबाट चुक्यो ।
दोस्रो हाफमा पूर्वविश्वविजेतासमेत रहेको स्पेनले खेलमा अधिकांश समय बलमा नियन्त्रण राखे पनि गोल भने गर्न सकेन। मोरक्कोले पनि केही राम्रा अवसर सिर्जना गरेको भए पनि गोल भने गर्न सकेन।
मोरक्को समूह एफको विजेता हो भने स्पेन समूह ईको उपविजेता हो।

















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
प्रतिक्रिया