कतार विश्वकप २०२२
पेनाल्टीमा नेदरल्याण्ड्सलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

काठमाडौं । विश्वकपको दावेदार अर्जेन्टिना नेदरल्याण्ड्सलाई पराजित गर्दै कतारमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउमा ४ – ३ ले पराजित गर्दै अर्जेन्टिना ८ वर्षपछि सेमिफाइनलमा पुगेको हो।
२०१४ मा नेदरल्याण्ड्सलाई सेमिफाइनलमा पराजित गर्दै अर्जेन्टिना फाइनलमा पुगेको थियो। ८ वर्षपछि विश्वकपमा फर्किएको नेदरल्याण्डसलाई अर्जेन्टिनाले पुनः घर फर्काउँदैं आफु सेमिफाइनल यात्रा सुरक्षित गर्न पुगेको हो ।
खेलको सुरुवातमा अर्जेन्टिनाले २–० को अग्रता लिएपनि त्यसलाई बचाउन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा थप गोल हुन नसकेपछि पेनाल्टी सुटआउटबाट निर्णय लिइएको हो।
टाइब्रेकरमा नेदरल्यान्ड्सका लागि कप्तान भर्जील भान डाइकले पहिलो प्रहारमा गोल गर्न सकेनन् । अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेजले आफ्नो दायाँतर्फ उत्कृष्ट डाइभ दिँदै गोल बचाए । लगत्तै अर्जेन्टिनी कप्तान मेस्सीले सहजै गोल गरेर दक्षिण अमेरिकी टोलीलाई अघि राखे ।

मार्टिनेजले डच टोलीका लागि स्टिभन बर्घिअसले गरेको दोस्रो प्रहार पनि विफल पारे । यसपटक आफ्नो बायाँतर्फ डाइभ दिँदै उनले नेदरल्यान्ड्सलाई गोल गर्न दिएनन् । अर्जेन्टिनाका लिआन्द्रो पारेडेसले दोस्रो प्रहारमा पनि गोल गर्दै २-० ले अघि बढाए । त्यसपछि डच टोलीका लागि तिउन कुपमेनर्स, अर्जेन्टिनाका गोन्जालो मोन्टिएल र नेदरल्यान्ड्सका वुट वेघर्स्टले गोल गरे ।
अर्जेन्टिनाको लागि एन्जो फर्नान्डेजको प्रहार बाहिर गएपछि नेदरल्यान्ड्सले खेलमा फर्कने अवसर पाएको थियो । लुक डे जोङले आफ्नो पाँचौ प्रहारमा गोल गर्दै खेललाई टाइब्रेकरको अन्तिम पेनाल्टीसम्म पुर्याए । तर लौटारो मार्टिनेजले अन्तिम पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरे ।
त्यसअघि अर्जेन्टिनाले कप्तान लियोनल मेस्सी र नहुएल मोलिनाको गोलमा अग्रता लिएको थियो। पहिलो हाफमा मोलिनाको गोलमा अग्रता लिएको अर्जेन्टिनाका लागि मेस्सीले ७३ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए।
तर अन्तिम समयमा नेदरल्याण्ड्सका ओउट वेग्होस्र्टले दुई गोल गर्दै नेदरल्याण्डसलाई खेलमा फर्काए। त्यसपछि खेल लम्बिएको थियो।
यसअघि २०१४ मा पनि नेदरल्याण्ड्स पेनाल्टी सुटआउटमै पराजित भएको थियो। अब अर्जेन्टिनाले फाइनल प्रवेशका लागि क्रोएसियासँग खेल्ने छ। क्रोएसिया पेनाल्टी सुटआउटमै ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ।

















सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम मधेशसँग ५ विकेटले पराजित
नुवाकोटमा पहिरोमा पुरिएर एकजनाको मृत्यु, स्काभेटर चालक बेपत्ता
अमेरिकाकाे युद्धविराम प्रस्ताव इरान पुगेको दाबी
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया