शुक्रबार, जेठ २३, २०८२

अन्तः शुल्क स्टिकरको सुरक्षण मुद्रण केन्द्रले बल्ल लगायो ठेक्का

मेरोन्यूज २०७९ मंसिर २६ गते ८:१०

काठमाडौँ । अदालतमा मुद्दा मामिला झेलेको अवस्थामा मदिरा तथा चुरोटमा टाँसिने अन्तः शुल्क स्टिकर अभाव भएपछि अर्थ मन्त्रालयले सुरक्षण मुद्रण केन्द्रलाई स्टिकर छाप्न आग्रह गरेको थियो ।

गत वर्ष पुस २९ गते अर्थमन्त्री जनार्दन शर्माले पनौतीस्थित आइटी पार्कमा जडान हुँदै गरेको सुरक्षण मुद्रण प्रेसको निरीक्षण गर्दै यस्तो आग्रह गरेका थिए । 

यता आन्तरिक राजस्व विभागले स्टिकर छपाइको ठेक्का मद्रास सेक्युरिटी प्रिन्टिङलाई दिएपछि सर्वोच्च अदालतमा मुद्दा परेको थियो । अहिले मद्रास सेक्युरिटीले मुद्दा जितेर ठेक्का पाइसकेको छ । 

अन्तः शुल्क स्टिकरको छपाइमा सुरक्षण मुद्रण केन्द्रले बल्ल ठेक्का लगाएको छ । यसअघि आन्तरिक राजस्व विभागले झण्डै एक अर्बको ठेक्का लगाइसकेको छ।

केन्द्रले ३८ करोड ६७ लाख रुपैयाँमा प्रिन्ट सेल प्रा. लि.लाई स्टिकर छपाइ र वितरणको ठेक्का दिएको हो ।  
 

Advertisement
machhapuchare

प्रतिक्रिया