कतार विश्वकपको पहिलो सेमिफाईनल आज : अर्जेन्टिना र क्रोएसियाबीच भिड्न्त

काठमाडौं । फिफा विश्वकप २०२२ को सेमिफाइनलको खेल आजदेखि सुरू हुँदैछन्।
मंगलबार राति पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसियाबीच कतारको लुसेल रंगशालामा खेल हुँदैछ। बुधबार साविक विजेता फ्रान्सले मोरक्कोसँग प्रतिस्पर्धा गर्दैछन्।
पहिलो सेमिफाइनले विश्व फुटबलका सुपरस्टार लिओनल मेसीको अन्तिम इच्छाको निर्क्यौल गर्नेछ। मेसीका लागि आफ्नो अन्तिम धोकोको रुपमा रहेको विश्वकपको ट्रफी उचाल्नका लागि क्रोएसियाविरुद्धको खेल महत्वपूर्ण छ।अर्जेन्टिनाले पछिल्लो पटक ३६ वर्षअघि सन् १९८६ मा म्याराडोनाको प्रभावशाली खेलमा विश्वकप जितेको थियो।
यता, क्रोएसियाका लागि पनि यसपटक सन् २०१८ को पीडा भुलाउने अवसर आएको छ। २०१८ को रसिया विश्वकपमा फाइनल पुगेर फ्रान्ससँग पराजित भएको पीडा उनीहरूले अझै बिर्सिएका छैनन्।
३७ वर्षीय मिडफिल्डर लुका मोड्रिकको नेतृत्वमा क्रोएसियाले मिडफिल्डमा उत्कृष्ट फुटबल खेलिरहेको छ। जसका कारण उसले अन्तिम चारमा स्थान बनाउन सक्यो। एक्स्ट्रा समयको खेलबाहेक मोड्रिकको लय उस्तै छन्, उनी टिममा छाइरहेका छन्। पहिलो सेमिफाइनल खेल मेसी र मोड्रिक बीचको हुनेछ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
प्रतिक्रिया