शुक्रबार, जेठ २३, २०८२

प्रतिनिधिसभा र प्रदेशसभा चुनावको अन्तिम परिणाम सार्वजनिक

प्रतिनिधिसभाको प्रतिवेदन बिहीबार राष्ट्रपतिलाई बुझाइने, प्रदेशसभाको परिणाम पुस २ गते प्रदेश प्रमुखहरुलाई बुझाइने

मेरोन्यूज २०७९ मंसिर २८ गते १४:०९

काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरमा सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेश सभाको अन्तिम चुनावी परिणाम सार्वजनिक गरेको छ । आयोगको कार्यकक्षमा आज दिउँसो पत्रकार सम्मेलन गरी आयोगले निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको हो ।

प्रत्यक्षको नतिजा अलिक केही दिन अगाडी नै घोषणा भएपनि दलहरुले समानुपातिक तर्फका सिटमा निर्वाचित सांसदहरुको नाम हिजोसम्म वुझाएपछि आज उसले प्रत्यक्ष र समानुपातिक दुवै तर्फको समेटेर अन्तिम परिणाम सार्वजनिक गरेको हो ।

प्रतिनिधिसभा तर्फ १६५ प्रत्यक्ष र समानुपातिकतर्फ ११० सिट तथा प्रदेशसभा तर्फ ३३० र २२० सिटको परिणाम सार्वजनिक गरेको हो ।

आयोगले अव बिहीबार प्रतिनिधिसभा तर्फको अन्तिम परिणामको प्रतिवेदन राष्ट्रपति विधादेवी भण्डारीलाई प्रतिवदेन बुझाउने छ । त्यस्तै प्रदेश तर्फको सम्वन्धित प्रदेश प्रमुखलाई पुस २ गते आयोग पदाधिकारीले वुझाउने प्रमुख निर्वाचन आयुक्त दिनेश थपिलयाले जानकारी दिए । प्रतिवेदन राष्ट्रपति र प्रदेश प्रमुखसमक्ष बुझाएपछि राजपत्रमा प्रकाशित हुनेछ ।

त्यसपछि वल्ल नयाँ सरकार गठबनको बाटो खुल्नेछ ।

Advertisement
machhapuchare

प्रतिक्रिया