गण्डकीले स्पेनको क्लबसँग मैत्रीपूर्ण फुटबल खेल्ने
मेरोन्यूज
२०७९ पुष १ गते ९:११

पोखरा । पोखरामा गण्डकी प्रदेश र स्पेनको बि डिभिजन क्लवबीच मैत्रीपूर्ण फुटबल हुने भएको छ ।
स्पेनी क्लब काथेरेन्योसँग पुस १३ गते गण्डकीले प्रतिश्पर्धा गर्नेछ । लुम्बिनी गार्डेन फाउण्डेसनको आयोजना र कास्की जिल्ला फुटबल संघको सहकार्यमा प्रतियोगिता हुन लागेको फाउण्डेसनका उपाध्यक्ष गोविन्द सुवेदीले जानकारी दिए ।
उक्त टीममा विश्व कप खेलेका पूर्व खेलाडी मिचेन, मानवेल सहितका खेलाडी सहभागी हुने छन् । स्पेनबाट ५२ जनाको टोली पोखरा आउने छ । गण्डकीको टीमबाट नेपाली फुटवल टिमका पूर्वकप्तान अनिल गुरुङले कप्तानी गर्नेछन् । गण्डकीको टोली अहिले बन्द प्रशिक्षणमा छ ।
केही दिनमा २५ जना खेलाडी छनोट गरी मैत्रीपूर्ण खेलका लागि कम्तिमा एक हप्ता प्रशिक्षण गर्न लागिएको कप्तान गुरुङले जानकारी दिए । सोही टोलीले पुस १४ गते काठमाडौंमा पनि मैत्रीपूर्ण खेल खेल्ने छ ।
सम्बन्धित
















लगातार तेस्रो दिन घट्यो सेयर बजार, नेप्से २७३८ अंकमा
अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
अफगानिस्तानको सुन खानीमा विस्पोट, पाँच जनाको मृत्यु
पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र
झापामा विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया