बुधबार, माघ १४, २०८२

दाम्पतीको हत्या आरोपमा दुई नाबालक पक्राउ

मेरोन्यूज २०७९ पुष १ गते १५:०४

काठमाडौँ । जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका ३ मुलपानीस्थित आहालेमा एक दम्पतीको हत्या आरोपमा दुई नाबालक पक्राउ परेका छन् । प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

गत मंसिर २६ गते बिहान ७४ वर्षीय विष्णु बहादुर आले मगर र ६७ वर्षीया निरमाया आले मृत भेटिएका थिए । उनीहरूको हत्या आरोपमा प्रहरीले सोही स्थानमा घर भएका १५ र १३ वर्षका बालकहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दाम्पती मृत भेटिएपछि जिल्ला प्रहरी कार्यालय धादिङ र केन्द्रीय अनुसन्धान ब्यूरोले संयुक्त रुपमा अनुसन्धान अगाडि बढाएको थियो । उनीहरूले मोबाइल लिनका लागि हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया