बुधबार, माघ १४, २०८२

पैसा लिन ९० वर्षीया महिलाको हत्या अभियोगमा पुरुष पक्राउ

मेरोन्यूज २०७९ पुष १ गते १५:५०

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका ६ पुशल बस्ने ९० वर्षीया डिल्ली पुतुवारको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही ठाउँका ३९ वर्षीय नरेन्द्र शिवभक्ति रहेको प्रहरीले जनाएको छ । सोही नगरपालिका ३ पारीवनपाखा सामुदायिक वनको खोल्सामा मंसिर २२ गते डिल्ली पुतुवारको शंकास्पद अवस्थामा शव फेला परेको थियो ।

घटनाको अनुसन्धानका क्रममा नरेन्द्रको संलग्नता देखिएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । राहत दिइरहेको ठाउँ चिसापानी चप्पल कारखानातर्फ लैजाने क्रममा नरेन्द्रले वृद्धाको साथमा रहेको पैसा लिने मनसायले हत्या गरेर प्रहरीले जनाएको छ ।

हत्यापछि शिवभक्तिले करिब ५० हजार रुपैयाँ नगद लिएर शव खोल्सामा फालेर घर फर्केको खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया