आइतबार, चैत ८, २०८२

आज सुनको मूल्य कति पुग्यो ?

मेरोन्यूज २०७९ पुष ४ गते ११:२६

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य अघिल्लो दिनका तुलनामास्थिर रही प्रतितोला एक लाख पाँच सय कायम भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्यसमेत अघिल्लो दिनका तुलनामा यथावत् रही प्रतितोला एक लाख तोकिएको छ ।

त्यस्तै, चाँदी अघिल्लो दिनको कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार तीन सय ८० मूल्य कायम रहेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

प्रतिक्रिया