शनिबार, वैशाख १९, २०८३

चीनको स्वास्थ्य आयोगले अबदेखि दैनिक कोभिड १९ तथ्यांक सार्वजनिक नगर्ने

मेरोन्यूज २०७९ पुष १० गते ९:२७


बेइजिङ । विगत तीन वर्षदेखि देशमा दैनिक कोभिड १९ को तथ्यंक सार्वजनिक गर्दै आएको चीनको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी)ले आइतवारदेखि यस्तो तथ्यांक जारी नगर्ने जनाएको छ ।

Advertisement
NiccNicc

‘सन्दर्भ र अनुसन्धानको लागि चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले सान्दर्भिक कोभिड जानकारी प्रकाशित गर्नेछ’, एनएचसीले एक विज्ञप्तिमा भनेको छ । 

परिवर्तनको कारण र  सीडीसीले कोभिड जानकारी कति पटक अपडेट गर्नेछ भन्ने बारेमा भने केही उल्लेख गरेको छैन् ।

चीनमा लगभग ३ करोड ७० लाख मानिस यस हप्ता एकै दिन कोभिड–१९ बाट संक्रमित भएको हुन सक्ने सरकारको शीर्ष स्वास्थ्य निकायले अनुमान गरेको छ ।

डिसेम्बरको पहिलो २० दिनमा करिब २४ करोड ८० लाख मानिस वा जनसंख्याको झण्डै १८ प्रतिशतमा यो भाइरसको संक्रमण भएको हुनसक्ने चीनको राष्ट्रिय स्वास्थ्य आयोगको बैठकको छलफलमा संलग्न व्यक्तिहरूले पुष्टि गरेका थिए । एजेन्सी

प्रतिक्रिया