नेयमारलाई रातो कार्ड, एम्बाप्पेको विजयी गोल

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन पिएसजीले ट्रासबर्गमाथि २–१ को जित निकालेको छ । बुधबार राति पिएसजीलाई जित दिलाउन एम्बाप्पले विजयी गोल गरेका थिए । विश्वविजेता लियोनल मेसी भने खेलमा सहभागी थिएनन् । उनि अर्जेन्टिनामै रहेका छन् ।
६२औं मिनेटमा नेयमारले दोस्रो पहेलो कार्ड सामना गर्दै मैदान छोडेपछि १० खेलाडीमा सीमित भए पनि एमबाप्पेले इन्जुरी समयको सातौं मिनेटमा गोल गरेपछि शीर्ष टोली पिएसजी जित निकाल्यो ।
नेयमारको पासमा मार्किन्होसले गोल गर्दै पिएसजीलाई १४औं मिनेटमा अग्रता दिलाएका थिए । ५१औं मिनेटमा मार्किन्होसले आत्मघाति गोल गरेपछि घरेलु मैदानमा पिएसजी बराबरीको स्थितिमा थियो ।
दश मिनेट थप गरिएको इन्जुरी समयको सातौं मिनेटमा प्राप्त पेनाल्टीलाई एमबाप्पेले सदुपयोग गरे ।
जितपछि पिएसजी १६ खेलको समाप्तीमा ४४ अंकका साथ शीर्ष स्थानमा अग्रता थप फराकिलो पारेको छ । दोस्रो स्थानको लेन्सले १५ खेलमा ३६ अंक जोडेको छ ।
१६ खेलमा ११ अंकमै सीमित स्ट्रासबर्ग भने पुछारबाट दोस्रो स्थानमा रहेर रेलिगेसनबाट बाच्न संघर्ष गरिरहेको छ ।
















सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर
पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री
आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया