सिंहलाई सहयोग प्राप्त हुने, अन्य राशिको कस्तो छ आज ?

काठमाडौं । आजको पात्रो : १५ पुस २०७९, शुक्रबार । डिसेम्बर ३० तारिक २०२२ । पौषशुक्ल पक्ष अष्टमी, अष्टमीव्रत गोरखकाली पूजा र तमुल्होसार परेको छ । आज सरकारले सार्वजनिक विदा समेत दिने घोषणा गरेको छ ।
उत्तरभाद्रपदा नक्षत्र, वरीयान योग, विष्टि करण, चन्द्रमा मीन राशिमा रहेको छ । आज बिहान सूर्योदय ६ः५५ र सूर्यास्त ५ः१८ मा हुनेछ । आजका देवता कुवेर र ग्रहदेव बृहस्पति हुन् । शुक्रबार विदेश यात्राका लागि शुभ मानिन्छ । नयाँ बस्त्र र आभूषण खरिदका लागि शुक्रबारको दिन शुभ मानिन्छ । आर्थिक लगानीका लागि शुक्रबारको दिन शुभ मानिदैन । लेख, अनुसन्धानको कामको लागि आज उपयुक्त मानिन्छ । शुक्रबारको दिन शुक्रायः नमः मन्त्रको एकसय आठ पटक जप गर्दा मनमा शान्ति प्राप्त हुनेछ ।
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
मेष राशिका जातकका लागि आजको दिन रोजगारीको क्षेत्रमा नयाँ सफलता प्राप्त हुनेछ । आजको दिन नजिकको शिवालयमाको यात्रा गर्दा मनमा खसियाली छाउने छ । बिहानै देवालयको दर्शन गरेर काम शुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ । मनमा सकारात्मक सोच राख्नु पर्नेछ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
व्यापार व्यवसायबाट प्राप्त हुने अर्थलाभले खुसियाली हुनसक्छ । आजको दिन व्यापारबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनु होला । सकारात्मक सोचले मात्र दैनिक काम गर्दा मनमा खुसी छाउनसक्छ । कसैसँग विवाद हुने काम नगर्नुहोला ।
तपाईको सोच अनुसार काम हुनेछ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
आजको दिन परिवार र आफन्तजनले अनेक आरोप लगाउन सक्नेछन् । कसैप्रति पनि आग्रह पूर्वाग्रहको भावना नराख्नु होला । आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने मनमा खुसीयाली छाउने छ । कसैले लगाएको आरोपको विषयमा विवाद नगर्नु नै वेश हुनेछ । मौन रहनु उत्तम हुनेछ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
आजको दिन तपाईको शुभ छ । आजको दिन आर्थिक र सामाजिक समस्या समाधान हुनेछ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । कसैसँग विवाद भयो भने हानी हुनसक्छ । सामाजिक सेवाको काममा लाग्नु होला। कसैसँग विवाद हुने काम नगर्नुहोला ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
परिवार र मित्रमण्डलीबाट साथ सहयोग प्राप्त हुनेछ । यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र शुभ साइतको समयमा यात्रा गर्नुहोला । परिवारका सदस्यले अनावश्यक आरोप समेत लगाउनसक्नेछ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु, मौन रहनु नै बुद्धिमानी हुनेछ । आजको दिन मौन रहनु उत्तम हुनेछ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
कन्या राशिका जातकका लागि आजको दिन आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात लाग्नेछ । आज आम्दानीको धनराशिबाट महिला र बृद्ध मातालाई केही उपहार दिनु होला । तपाईमाथि अनावश्यक आरोप पनि लाग्न सक्छ ।
तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते)
आजको दिन सुुरु गरेको काम सफल हुनेछ । चन्द्रमाको साथ रहेको छ । बिहान सूर्योदयको दर्शन गर्नुहोला । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ । आर्थिक कारोबार गर्दा अलि ध्यान दिनुहोला ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
वृश्चिक राशिका जातकका लागि आज कार्ययोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । शिवालयमा गएर जल अर्पण गर्नुभयो सोचे अनुसार काम बन्नेछ । देवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ । अध्यात्मिक सेवामा केही समय दिनुभयो भने सफलता मिल्नेछ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
धनु राशि भएका जातकका लागि ग्रह बलिया भएका छन् । आजको दिन सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । सामुहिक यात्राले मनोरञ्जन दिनेछ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
आजको दिन मानसम्मान मिल्ने योग रहेको छ । आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ । आजको दिन शिवालयको मन्दिरको दर्शन गर्नाले मनमा प्रसन्नता छाउनेछ । अर्थलाभका कामबाट मानमा हर्ष छाउने छ । व्यापार व्यवसायबाट सफलता प्राप्त हुनेछ । छोटो दुरीको यात्रा गर्दा फलदायी हुनेछ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम हुनेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन देवालयको दर्शन गर्नुभयो भने मनमा थप शक्ति मिल्नेछ । आज कसैसँग पनि अनावश्यक विवाद नगर्नुहोला ।
मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
सूर्योदयको दर्शन गरेर मात्र दिनको शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । साँझपख शिवालयमा जाँदा मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा हुनुहुन्छ भने केही हानी हुनसक्नेछ । सामाजिक सेवाका काममा समय दिनु भए राम्रो हुनेछ । आजको दिन अध्ययन लेखनमा मन जानेछ ।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया