मेसी र नेयमारबिना पिएसजीको हार
मेरोन्यूज
२०७९ पुष १८ गते ८:३९

काठमाडौँ । पेरिस सेन्ट जर्मेन (पिएसजी) मार्चयता पहिलोपटक पराजित भएको छ । फ्रेञ्च लिग वानमा पिएसजी लेन्ससँग आइतबार राति ३–१ ले पराजित भएको हो ।
स्टार खेलाडी लियोनल मेसी र नेयमारबिना मैदानमा उत्रिएको पिएसजी फिनिसिङमा चुकेको थियो ।
दोस्रो स्थानको लेन्स पछिल्लो १७ खेलमा जम्मा एक खेलमा हार बेहोरेको छ । क्रिस्टोफ गाल्टियरको पिएसजीभन्दा लेन्स जम्मा चार अंकले पछि छ । लेन्सको जितमा लुइस ओपेन्डाले एक गोल गरे भने एक गोलको अवसर सृजना गरेका थिए ।
खेलको पाँचौ मिनेटमा फ्राङ्कओस्कीले भली बललाई गोलमा परिणत गरे । हुगो इकिटिकेले बराबरी गोल गरे फर्काए । २८ औँ मिनेटमा रक्षक मार्किन्होसलाई बिट गर्दै ओपेन्डाले २–१ को अग्रता दिलाए । दोस्रो हाफको दोस्रो मिनेटमै एलेक्सिस क्लाउडे मौउरिसले तेस्रो गोल गरेका थिए ।
सम्बन्धित
















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
७५ वर्षीय वृद्धको हत्या गरी लुटपाट गर्नेलाई सिआइबीले पत्ता लगायो
आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा डोजर चलाइने
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
बढ्यो खाना पकाउने ग्यासको मूल्य
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया