अनमोल केसीको ‘छड्के २’ मा भिटेनको र्याप

काठमाडौं । युवापुस्तामाझ चर्चित रहेका र्यापर भिटेनले फिल्मका लागि र्याप तयार पारेका छन् । अनमोल केसीको मुख्य अभिनय रहेको फिल्म ‘छड्के २’ का लागि उनले आफ्नै शब्द, सङ्गीत र स्वर रहेको र्याप गीत रेकर्ड गराएका हुन् ।
भिटेनले बुधबार काठमाडौँस्थित एक स्टुडियोमा रेकर्ड सकिएपछि कथा सुहाउँदो रहेकाले फिल्मसँग जोडिएको संक्षिप्त प्रतिक्रिया दिए । “फिल्मको पात्रसँग सुहाउने भएकाले जोडिएको हुँ”, भिटेनले भने ।
फिल्मका निर्माता प्रशान्त गिरीले ¥याप आवश्यक परेकाले समावेश गरिएको जानकारी दिए । “ग्याङस्टार जनरामा निर्माण भएको फिल्ममा अभिनेता केसीलाई अन्यभन्दा फरक पाउनु हुनेछ, हामी गीत–सङ्गीतमा समेत फरकपन दिन चाहन्छौँ”, निर्माता गिरीले भने ।
निगम श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्ममा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आलेमगरको समेत अभिनय रहेको छ । चितवन र मुस्ताङमा छायाङ्कन गरिएको यो फिल्म ‘छड्के’ को सिक्वेल भएता पनि कथावस्तु नयाँ रहेको निर्देशक श्रेष्ठले बताए ।
“नामको मात्र सिक्वेल हो, विषयवस्तु फरक छ”, निर्देशक श्रेष्ठले भने । काभ्रे फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मसँग मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन् ।










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
सरकार र नागरिक बचाउ अभियानका प्रतिनिधिबीच वार्ता सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
प्रतिक्रिया