आइतबार, माघ ६, २०८१

‘काठमाडौंका, विदेशी, क्रु सदस्य र पहिचान हुन नसकेका शव सोमबार काठमाडौं पठाउँछौं’

मेरोन्यूज २०७९ माघ १ गते १९:३०

पोखरा । यति एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव सोमबारदेखि आफन्तलाई बुझाइने कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारीले बताएका छन् ।

Advertisement

उनले कास्कीलगायत जिल्लामा घर भएका मृतकको शव पोखराबाट नै आफन्तलाई जिम्मा लगाइने, विदेशी र काठमाडौंलगायत जिल्लामा घर भएकाहरूको शव सोमबार काठमाडौं पठाउने तयारी भएको बताए । उनले आइतबार साँझसम्म सबैको खोजी कार्य सक्ने गरी काम भइरहेको बताए ।

उनले भने, ‘हामी आज शव कलेक्सनमै लाग्यौं । अझैसम्म ४ जना बेपत्ता छन् । खोजी कार्य जारी रहेको छ । ६८ जनाको शव अस्पतालमा राखिएको छ ।’

प्रतिक्रिया