नेपाल लाइफको डिजिटल धमाका अभियान सार्वजनिक

काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले डिजिटल धमाका अभियान सञ्चालनमा ल्याएको छ । कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक कार्यक्रमका बीच उक्त अभियानको सुरु यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले गरेका हुन् ।
सूचना प्रविधिमा आएको आमुल परिवर्तन र भूमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउँदै गर्दा सूचना प्रविधिको विकाशक्रमसँग आफ्ना आदरणीय ग्राहक तथा अभिकर्ता महानुभावहरूलाई साक्षात्कार गराउने अभिप्रायका साथ यो अभियान सञ्चालनमा ल्याइएको हो ।
यस माघ महिनाभरि बीमा शुल्कको नवीकरण अनलाइन माध्यमबाट भुक्तानी गर्ने ग्राहक महानुभावहरूलाई विभिन्न उपहारसमेत व्यवस्था गरिएको कुरा कम्पनीले जनाएको छ । भुक्तानी सेवा प्रदायक खल्तीबाट बीमाको नवीकरण शुल्क भुक्तानी गर्नेमध्येबाट हरेक हप्ता एक जना भाग्यशाली विजेतालाई इयरबड्स प्रदान गरिने छ । त्यसैगरि पहिलो पटक खल्तीको प्रयोग गरी बीमा शुल्कको नवीकरण गर्ने सम्पूर्ण महानुभावहरूलाई सय क्यास व्याक प्रदान गरिने कुरा समेत कम्पनीले जनाएको छ ।
प्रविधिको अधिकतम प्रयोग गर्दै कार्यसम्पादन गर्न अब्बल रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमाशुल्क नविकरणका लागि विभिन्न भुक्तानी सेवा प्रदायकहरु ई सेवा, खल्ती, फोन पे, कनेक्ट आइ.पी.एस, आई एम ई पे र प्रभु पेसँग सम्झौता गरेको छ । यस कम्पनीका ग्राहकहरुले घरै बसी बसी आफ्नो प्रिमियम भुक्तानी गर्न सक्ने छ ।
कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीले घरबाट सहज र सरल तरिकाले प्रिमियम तिर्दा समयको बचत हुनुको साथै कारोबारसमेत सुरक्षित हुने विश्वास व्यक्त गरे । आगामी दिनमा कम्पनीलाई झन् प्रविधि मैत्री बनाई ग्राहक महानुभावहरूलाई छिटो, छरितो, चुस्त र दुरुस्त सेवा प्रवाह गर्न कम्पनी लालायित रहेको कुरा समेत पराजुलीले बताए ।
२०७९ असोज मसान्तसम्म कम्पनीको लगानी १४९.७६ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमा कोष १४२ अर्ब नौ करोड रुपैयाँ र शेयर धनी कोष ११ अर्ब तीन करोडभन्दा बढी रहेको छ । कम्पनीमा दुई लाख १२ हजार ३६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् ।










झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा
स्वास्थ्य परीक्षणका लागि डा. निकोलसलाई लगियो वीर अस्पताल
इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति युएईबाट पक्राउ
खण्डहरजस्तो भएको मुद्रण केन्द्रको धुलो टकटक्याएर छपाइ सुरु गरेका छौँ : सञ्चारमन्त्री खरेल
औषधि र मेडिकल सामग्री खरिद गर्दा अनिवार्य बोलपत्र आह्वान गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान
अब काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट
आज रामकुमारी झाँक्रीले पत्रकार सम्मेलन गर्दै, एमालेमा फर्कने घोषणा
आज कात्तिक २० गते बिहिवार,कस्ताे रहला तपाइकाे दिन ?
कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्कदै
प्रतिक्रिया