नेपाल लाइफको डिजिटल धमाका अभियान सार्वजनिक

काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले डिजिटल धमाका अभियान सञ्चालनमा ल्याएको छ । कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक कार्यक्रमका बीच उक्त अभियानको सुरु यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले गरेका हुन् ।
सूचना प्रविधिमा आएको आमुल परिवर्तन र भूमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउँदै गर्दा सूचना प्रविधिको विकाशक्रमसँग आफ्ना आदरणीय ग्राहक तथा अभिकर्ता महानुभावहरूलाई साक्षात्कार गराउने अभिप्रायका साथ यो अभियान सञ्चालनमा ल्याइएको हो ।
यस माघ महिनाभरि बीमा शुल्कको नवीकरण अनलाइन माध्यमबाट भुक्तानी गर्ने ग्राहक महानुभावहरूलाई विभिन्न उपहारसमेत व्यवस्था गरिएको कुरा कम्पनीले जनाएको छ । भुक्तानी सेवा प्रदायक खल्तीबाट बीमाको नवीकरण शुल्क भुक्तानी गर्नेमध्येबाट हरेक हप्ता एक जना भाग्यशाली विजेतालाई इयरबड्स प्रदान गरिने छ । त्यसैगरि पहिलो पटक खल्तीको प्रयोग गरी बीमा शुल्कको नवीकरण गर्ने सम्पूर्ण महानुभावहरूलाई सय क्यास व्याक प्रदान गरिने कुरा समेत कम्पनीले जनाएको छ ।
प्रविधिको अधिकतम प्रयोग गर्दै कार्यसम्पादन गर्न अब्बल रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमाशुल्क नविकरणका लागि विभिन्न भुक्तानी सेवा प्रदायकहरु ई सेवा, खल्ती, फोन पे, कनेक्ट आइ.पी.एस, आई एम ई पे र प्रभु पेसँग सम्झौता गरेको छ । यस कम्पनीका ग्राहकहरुले घरै बसी बसी आफ्नो प्रिमियम भुक्तानी गर्न सक्ने छ ।
कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीले घरबाट सहज र सरल तरिकाले प्रिमियम तिर्दा समयको बचत हुनुको साथै कारोबारसमेत सुरक्षित हुने विश्वास व्यक्त गरे । आगामी दिनमा कम्पनीलाई झन् प्रविधि मैत्री बनाई ग्राहक महानुभावहरूलाई छिटो, छरितो, चुस्त र दुरुस्त सेवा प्रवाह गर्न कम्पनी लालायित रहेको कुरा समेत पराजुलीले बताए ।
२०७९ असोज मसान्तसम्म कम्पनीको लगानी १४९.७६ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमा कोष १४२ अर्ब नौ करोड रुपैयाँ र शेयर धनी कोष ११ अर्ब तीन करोडभन्दा बढी रहेको छ । कम्पनीमा दुई लाख १२ हजार ३६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् ।
















न्याय माग्दै पीडितहरु महिला आयोगमा
‘अवसरको झोला’ अभियानमार्फत मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीहरूको भविष्यमा लगानी
बाग्मती प्रदेश सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व सङ्कलन
अर्थविद् केशव आचार्यको निधन
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
प्रतिक्रिया