शनिबार, माघ १२, २०८१

आइएमई पे काे क्यास ब्याक अफर, मोबाइल रिचार्जमा ५ प्रतिशत फिर्ता 

मेरोन्यूज २०७९ माघ ३ गते १६:३६

काठमाडौं । आइएमई पेले मोबाईल रिचार्जमा ५ प्रतिशत सम्मको क्यासब्याक अफर पुनः सुचारु गरेको छ । यसभन्दा अघि ल्याइएको उक्त अफर ग्राहकवर्गको उच्च मागमा पौस ३० गतेबाट पुनः शुरु गरिएको छ ।

Advertisement

यस अफरमार्फत प्रयोगकर्ताहरुले आइएमई पे एप दर्ता गरेको मोबाइल नम्बरमा मोबाइल ब्यालेन्स रिचार्ज गर्दा ५ प्रतिशत क्यासब्याक र अन्य कुनै मोबाईल नम्बरमा मोबाइल ब्यालेन्स रिचार्ज गर्दा २ प्रतिशत क्यासब्याक पाउने जानकारी सार्वजनिक गरिएको छ ।

हालसम्म ४० लाखभन्दा बढी प्रयोगकर्ताहरुलाई विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आइरहेको आइएमई पे ले यस अफरको नियम तथा शर्त स्वरुप हरेक प्रयोगकर्ताहरुले १ महिनाको समय अन्तरालमा आफ्नो मोबाईल नम्बरमा ब्यालेन्स रिचार्ज गर्दा अधिकतम १०० रुपैयाँ क्यासब्याक र अरु मोबाइल नम्बरमा ब्यालेन्स रिचार्ज गर्दा अधिकतम १०० रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिने जानकारी पनि दिएको छ ।

प्रतिक्रिया