थानेश्वर गौतमको ‘जिउने चाहना’ मा केकी

काठमाडौं। डाक्टर रमिल अधिकारीको जिउने चाहना बोलको गजल सार्वजनिक भएको छ । डाक्टर अधिकारीको शब्द शृजना रहेको गजल उनले आफ्नो जन्मदिनको अवसर पारेर सार्वजनिक गरेका हुन् । जसमा गायक थानेश्वर गौतमको स्वर तथा संगीत रहेको छ भने भिडियोमा गीतकार स्वयम र नायिका केकी अधिकारीको अभिनय देख्न सकिन्छ । गजलमा दुई डाक्टरको रोमाञ्चक प्रेम कहानीलाई देखाइएको छ । जसमा नायिका केकी पनि डाक्टरकै भूमिकामा छिन् ।
नरेन्द्र वियोगीको एरेन्ज रहेको गजलको छायांकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन विकाश दाहालले सम्पादन गरेका हुन् । निर्देशक प्रकाश धितालको निर्देशन रहेको भिडियो गीतकार डाक्टर अधिकारीकै अफिसियल च्यानल रमिल क्रियशनबाट बजारमा आएको हो ।
गीतकार पोखरेली युवा डाक्टर अधिकारी न्युजल्याण्डको स्वास्थ्य मन्त्रालयको प्रमुख सल्लाहाकारका रुपमा कार्यरत छन् । न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालयको कोभिड डिरेक्टोरिएटमा आवद्ध उनी नेपाल सरकारको तर्फबाट न्युजिल्याण्डका लागि पर्यटनदूतका रुपमा पनि कार्यरत छन् । उनले नेपाल आएको मौकामा आफ्नो सृजनामा भिडियो बनाउँदै आएका छन् ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया