मंगलबार, चैत १०, २०८२

कृषि विकास बैंकलाई १२ करोड ८९ लाख घाटा, खराब कर्जा बढ्याे

मेरोन्यूज २०७९ माघ ७ गते १२:४६

काठमाडौं । कृषि विकास बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक भएको छ । यस अवधिसम्ममा बैंकले १२ करोड ८९ लाख रुपैयाँ घाटा व्यहोर्नु परेको हो । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ४२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

Advertisement
nepal life insurencenepal life insurence

चालु आर्थिक वर्षको ६ महिनामा बैंकको खुद ब्याज आम्दानी ०.५३ प्रतिशत घटेर ३ अर्ब ७२ करोड रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले खुद ब्याज आम्दानी ३ अर्ब ७४ करोड रुपैयाँ आर्जन गरेको थियो ।

गत वर्ष समिक्षा अवधिमा २ अर्ब ८ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको बैंकले यस दोस्रो त्रैमाससम्ममा ११ करोड १५ करोड सञ्चालन घाटा व्यहोको छ । पुस मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६१ करोड रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी १८ अर्ब ६२ करोड रुपैयाँ, जगेडा कोष ११ अर्ब ९५ करोड रुपैयाँ, निक्षेप १ खर्ब ७२ अर्ब रुपैयाँ र कर्जा १ खर्ब ७५ अर्ब रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ४.४३ रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी १९.१० रुपैयाँ रहेको थियो । बैंकको प्रतिसेयर नेटवर्थ २०९.८२ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा बढेर ४.५२ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा खराब कर्जा २.०८ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया