सोमबार, चैत ९, २०८२

ग्राहकलाई सेवा दिन फोर्सको नयाँ सर्भिस सेन्टर पोखरामा

मेरोन्यूज २०७९ माघ ९ गते १७:३७

काठमाडौँ । फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.ले आफ्ना ग्राहकहरूलाई बिक्रीपछिको आधुनिक सेवा सुविधा तथा पार्टपुर्जाको सेवा दिने उद्देश्यले अन्तर्राष्ट्रिय स्तरको आधुनिक सर्भिस सेन्टर पोखराको चाउथेमा सञ्चालनमा ल्याएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

उक्त सर्भिस सेन्टर नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव बहादुर थापा, फोर्स मोटर्सका अन्तराष्ट्रिय बिक्री प्रबन्धक सुनिल संक तथा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएशनका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेका थिए ।

यसअगाडि चाउथेमा सञ्चालित फोर्स मोर्टसको सोरुम सञ्चालनमा आइसकेको छ । फोर्सका ग्राहकले सर्भिस सेन्टरमा आएर अत्याधुनिक सेवा सुविधासहित गाडी मर्मत गर्न सक्ने छन् । करिब सात रोपनी जग्गामा सर्भिस सेन्टर फैलिएको छ । गाडी बिक्रीपछिको स्पेयर्स तथा सर्भिस सेन्टर एकै ठाउँबाट छिटो छरितो र आधुनिक सेवा दिने उद्देश्य राखिएको जानकारी उक्त आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.का प्रबन्ध निर्देशक निरन के.सीले जानकारी दिए ।

विगत आठ वर्षदेखि आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपालमा फोर्स ब्राण्डका गाडी आयात तथा बिक्री वितरण गर्दै आइरहेको छ । फोर्स मोटर्सले नेपालमै सबैभन्दा बढी सिट क्षमता भएको १४ सिटे जिप बिक्री वितरण गर्दै आइरहेको छ । साथै, फोर्सका पिकअप भ्यान, स्कुल बस, माइक्रो बस तथा उच्च स्तरीय एम्बुलेन्स नेपाली बजारमा लोकप्रिय छन् । काठमाडौँको गैरीधारामा तथा इटहरीमा आफ्नै शाखा रहेको छ ।

देशभर २२ वटा डिलर नेटवर्कबाट फोर्सको बिक्री तथा बिक्रीपछिको सेवा उपलब्ध गराउँदै आइरहेको छ । यस आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.ले फोर्स मोटर्सका नयाँ मोडलका बस तथा जिपहरुसमेत नेपाली बजारमा छिट्टै ल्याउन लागेको छ ।

प्रतिक्रिया