सोमबार, चैत ९, २०८२

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको २५ औँ बार्षिक साधारण सभा सम्पन्न

मेरोन्यूज २०७९ माघ ९ गते १७:५४

काठमाडौँ । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २५ औँ वार्षिक साधारण सभा आज होटल हिमालय, लाजिम्पाटमा सम्पन्न भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

साधारण सभामा सम्पूर्ण शेयरधनीलाई स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिको बारेमा बैठकलाई जानकारी गराएका थिए ।

सभालाई अध्यक्ष ढकालले समीक्षा वर्षदेखि हालसम्मको देशको आर्थिक तथा राजनैतिक अवस्था र त्यसको कारणबाट समग्र बीमा क्षेत्रमा परेको प्रभावको बारेमा समेत जानकारी दिएका थिए ।

उनले २४ औँ साधारण सभामा गरिएको भवन निर्माणको प्रतिबद्धताको बारेमा सभालाई जानकारी दिँदै समीक्षा वर्षमा कम्पनीको पानी पोखरीस्थित दुई रोपनी ६ आना २ पैसा ३ दाम जग्गामा करिब ६० हजार वर्गफिटको २ तल्ला पार्किङसहितको ११ तल्ले भवन निर्माणको क्रममा रहेको र निर्माण सम्पन्नपश्चात उक्त भवनबाट कम्पनीले करिब पाँच करोड वार्षिक आम्दानी गर्ने जानकारी दिए ।

त्यसैगरी, कम्पनीले सबै प्रदेश र अनलाइनको मध्यमबाट बीमा लेख खरिद गर्न सक्ने गरी सेवा प्रदान गर्ने र आइजीआई हेल्थ प्लस बीमालेखको माध्यमबाट पारिवारिक स्वास्थ्य बीमामा चालु आ.व. मा उल्लेख्य सेवा प्रदान गर्ने जानकारी गराउँदै सेवामा विविधता र शाखा रहित बीमामा प्रविधिको प्रयोग गरी सहज बीमा सेवा प्रदान गर्ने जनाएको छ ।

आ.व. २०७७÷७८ मा एक अर्ब ५२ करोड ११ लाख बीमा शुल्क आर्जन गरेकोमा यस वर्ष एक अर्ब ७७ करोड १६ लाख बीमाशुल्क आर्जन गरेको जनाएकोक छ ।

प्रतिक्रिया