सोमबार, चैत ९, २०८२

स्ट्यान्डर्ड चार्टर्ड बैंकले ऋणपत्र जारी गर्ने

मेरोन्यूज २०७९ माघ १० गते १४:५४

काठमाडौं। स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएसँगै बैँकले एक हजार रुपैयाँअंकित दरका २४ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेकाे हाे ।

Advertisement
nepal life insurencenepal life insurence

बोर्डले गएको मंसिर २९ गते १०.३० प्रतिशत ब्याजदर भएको पाँचवर्षे ऋणपत्र निष्कासन गर्न स्वीकृति दिएको थियो ।

त्यसै अनुसार बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने तयारी गरेको बताइएको छ । त्यसमध्ये १४ लाख ४० हजार कित्ता व्यक्तिगत तथा संघसंस्थालाई छट्ट्याइनेछ । सर्वसाधारण तथा म्युचुअल फन्डलाई नौ लाख ६० हजार कित्ता छुट्ट्याइने बताइएको छ ।

कम्पनीको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया