राष्ट्रिय वाणिज्य बैंककाे ५८ औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ५८ औं वार्षिकोत्सव कार्यक्रम मंगलबार सम्पन्न भएको छ । बैंकले विविध कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो । सो अवसरमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले अहिले नेपाली बैंकिङ क्षेत्रमा वाणिज्य बैंक सबल, सुदृढ र अग्रणी स्थानमा रहन सफल भएको बताए ।
उनले वाणिज्य बैंकले अधिकतम श्रोत परिचालन तथा व्यवसाय विस्तार, किष्कृय कर्जा व्यवस्थापन, बैंकको रिब्रान्डिङ, प्रविधिमा सुधारलगायतका क्षेत्रमा काम गरेको बताए ।
विगतका वर्षहरुमा विभिन्न उतारचढाव भोगेको बैंकले पछिल्ला वर्षहरुमा वित्तीय सूचक र व्यवस्थापनमा उल्लेख्य सुधार भएको सीईओ श्रेष्ठको भनाई छ । बैंकको वित्तीय अवस्था सुधारका लागि पाँच वर्षीय रणनीतिक योजना तर्जुमा गरि म्यानेजमेन्ट अडिट, मानव संशाधन अडिटलगायतका काम गरेको पनि उनले बताए ।
बैंकले वार्षिकोत्सवको अवसरमा केहिदिन अघिदेखि विभिन्न खेलकुद प्रतियोगिता, आँखा परीक्षण, स्वास्थ्य परीक्षण, कार्यालयहरुको सरसफाई, हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम गर्दै अाएकाे थियाे।
बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६५ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।
















पर्वतमा जिप दुर्घटना हुँदा चालकको मृत्यु
रविको अभियोग फिर्ता लिने निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
प्रतिक्रिया