भृकुटीमण्डपमा अन्तराष्ट्रिय फर्निचर प्रर्दशनी हुने

काठमाडौं । मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा. लि ले संयुक्त रुपमा आयोजना गर्दै आइरहेको नेपाल उड इन्टरनेशनल एक्स्पो काठमाडौंमा आयोजना हुने भएको छ ।
प्रर्दशनी माघ १३ देखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्न लागेको आयोजक सस्थाले जानकारी गराएको छ । यो आठौं वर्षको प्रर्दशनी हो ।
प्रदर्शनीमा संसारका विभिन्न देशका १ सय भन्दा बढि ख्याती प्राप्त ब्राण्ड हरुका स्टल रहने छन् । फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले काठ ब्यबसाय संग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ नयाँ प्रविधिको बारेमा जानकारी गराउनको लागि यो प्रदर्शनी ७ वर्ष देखी कोसेढुंगा सावित हुदै आएको आयोजकको भनाई छ ।
अन्तराष्ट्रिय प्रदर्शनीमा उडवर्किङङएण्ड फर्निचर म्यानुफ्याक्चरिङ मेसिनरी पावर टुल, प्याइउड ढोका र झयाल लगायतका सामाग्रीहरु रहनेछन् ।
उड प्रदर्शनीमा आयोजकहरुले संसार भरका ख्याती प्राप्त कम्पनी तथा ब्रान्डलाई नेपाली बजारमा आएर भविष्य लक्षित वस्तु तथा टेक्नोलोजीलाई नेपाली उद्योगहरुमा प्रयोग गराउन एउटा पहलका रुपमा आयोजकले लिएका छन् । यस प्रदर्शनीले साना देखि ठूला उद्योगसम्मलाई आफ्नो प्रयोग भइरहेका मेशिनहरुलाई उन्नयन गर्दै अझ बढि प्रभावकारी बनाउन मद्दत मिल्ने विश्वास आयोजकको छ ।
यस प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ र फनिर्चर क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पु¥याउने विश्वास आयोजकको छ ।















ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
प्रतिक्रिया