लुम्बिनी विकास बैंक लि.द्वारा टि–सर्ट हस्तान्तरण

काठमाडौं । लुम्बिनी विकास बैंक लि.द्वारा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जैशिदेवल युथ क्लवले आयोजना गर्न लागेको प्रदेशस्तरिय तेश्रो जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षक, निर्णायक र अफिसियल तथा क्लवका पदाधिकारीहरुलाई टि–सर्ट हस्तान्तरण गरेको छ ।
क्लवका अध्यक्ष राजेश प्रजापतिलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले सो टि–सर्ट हस्तान्तरण गरेका थिए । बैंकले सो क्लवलाई विगत बर्षहरुमा समेत निरन्तर सहयोग गर्दै आएको छ ।
यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुई गुणा देखि दश गुणासम्म हुने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।















ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
प्रतिक्रिया