मर्जर पछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कमायो २ अर्ब बढी नाफा

काठमाडौं । मर्जर पछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाशिक अवधिमा २ अर्ब १८ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा नेपाल इन्भेष्टमेन्ट बैंकले ९७ करोड २८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ७३.९२ प्रतिशत बढेर ४ अर्ब १८ करोड ६३ लाख ६४ हजार रुपैयाँ, सञ्चालन नाफा २३.८८ प्रतिशत बढेर २ अर्ब ९८ करोड २४ लाख ४८ हजार रुपैयाँ र वितरणयोग्य मुनाफा ९४ करोड ८४ लाख ८२ हजार रुपैयाँ रहेको छ ।
बैंकको चुक्ता पूँजी ३४ अर्ब १२ करोड ८५ लाख ९५ हजार रुपैयाँ, जगेडा कोष २३ अर्ब ५५ करोड १ लाख २६ हजार रुपैयाँँ, निक्षेप संकलन ३ खर्ब ५५ अर्ब २३ करोड ६२ लाख ७ हजार रुपैयाँ र कर्जा प्रवाह ३ खर्ब १७ अर्ब ८९ करोड ३० लाख ५५ हजार रुपैयाँ पुगेको छ ।
गत वर्षको समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १७.७४ रुपैयाँ रहेको थियो भने अहिले साेही अवधिमा १५.६१ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको छ । बैंकको मूल्य आम्दानी अनुपात १६.०८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६४.९१ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा बढेर ३.७१ प्रतिशत पुगेको छ ।















ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
प्रतिक्रिया