त्रिकोणात्मक सिरिजको बन्द प्रशिक्षणमा परेनन् सन्दीप लामिछाने

काठमाडौं । नेपाल क्रिकेट संघले आईसीसी क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडी बन्द प्रशिक्षणमा बोलाउँदा सन्दीप लामिछाने परेका छैनन् ।
बलात्कारको अभियोगमा जेल परेर धरौटीमा छुटेका लामिछानेलाई उच्च अदालत, पाटनले २० लाख धरौटीमा सर्शत रिहा गर्न आदेश दिएको थियो । त्यसै अनुरुप छुटेका लामिछानेलाई बन्द प्रहिक्षणमा नबोलाइएको हो ।
स्कटल्याण्ड र नामिबिया सहितको त्रिकोणात्मक सिरिजमा मौसम ढकाल, अन्कित सुवेदी र सूर्य तामाङ पहिलो पटक प्रशिक्षणमा बोलाइएका छन् ।
कुलश भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, करण केसी, सोमपाल कामी, शरद भेषावकर, ललित राजवंशी, विनोद भण्डरी, सागर ढकाल र सन्दीप जोरालाई प्रशिक्षणमा बोलाइएको छ ।
किशोर महतो, कमल सिंह ऐरी, सिद्धान्त लोनही, अर्जुन चन्द, अभिनाथ बोहोरा, विवेक यादव, भीम सार्की, कुशल मल्ल, अनिलकुमार साह, विक्रम शोब र भुवन सार्कीलाई पनि बन्द प्रशिक्षणमा बोलाइएको छ ।
















सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर
पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री
आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया