सिरहामा १४ वर्षीया किशोरीलाई सामूहिक बलात्कार, एक युवक पक्राउ
मेरोन्यूज
२०७९ माघ १४ गते ६:५१

सिराह । सिरहामा १४ वर्षीया किशोरी सामूहिक बलात्कारमा परेकी छिन् । बलात्कारमा संलग्न आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । घटनामा आरोपित अर्का एक युवक भने फरार भएका छन्।
सिरहा नगरपालिका- २२ की किशोरीलाई बलात्कार गरेको आरोपमा सोही ठाउँका २४ वर्षीय सन्तोष यादव पक्राउ परेका हुन्।
बलात्कारमा संलग्न सोही ठाउँका २३ वर्षीय सरोज कुमार यादव भने फरार भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
प्रहरीका अनुसार घटना केही दिन अगाडीको हो ।
उनीहरुले किशोरीको घरमै गएर जबरजस्ती करणी गरेका थिए।
करणीपछि फरार सन्तोषलाई जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक शंकर चौधरीले जानकारी दिए।
किशोरीका अभिभावकले दुवै युवकविरुद्ध किटानी जाहेरी दिएका छन्। फरार सरोजको खोजी भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित
















कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
सशस्त्र प्रहरीले पन्छायो मुक्तिनाथ मन्दिरको हिउँ
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया