गायक कैलाश खेरमाथि आक्रमण
मेरोन्यूज
२०७९ माघ १६ गते १४:५९

भारतीय गायक कैलाश खेरमाथि कर्नाटकमा भएको हम्पी उत्सवको लाइभ कन्सर्टमा आक्रमण भएको छ । उत्सवमा गीत गाइरहेका उनलाई स्टेजमै आक्रमण भएको हो ।
गत बिहीबार भएको कन्सर्टमा कैलाशमाथि दुई अज्ञात व्यक्तिले बोतल प्रहार गरेका थिए । गायकमाथि भएको आकस्मिक आक्रमणपछि प्रहरीले तुरुन्तै ती दुई व्यक्तिलाई पक्राउ गरेको थियो ।
कैलाशले उत्सवको समापन समारोहका समयमा केवल हिन्दी गीतमात्र गाएका थिए । उनले एउटा पनि कन्नड गीत गाएनन् । जसकारण त्यहाँ उपस्थित दर्शक निराश भएका थिए । यही मौकामा दुई स्थानीय प्रदीप र सुरह नामका व्यक्तिले गायकमाथि बोतल फ्याक्न थालेका थिए ।
प्रहरीले प्रदीप र सुरहलाई पक्राउ गरेर बयान लिइसकेको छ । यद्यपि यो मामलामा हालसम्म कैलाश र उनको टिमबाट कसैले आधिकारिक धारणा बाहिर ल्याएका छैनन् ।
सम्बन्धित










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
विधान संशोधनपछि सुरेन्द्र पाण्डेको आपत्ति : ‘हिजो घटाउने अनि आज बढाऔं भन्नु मनपरी होइन?’
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
प्रतिक्रिया