शनिबार, चैत २८, २०८२

चलचित्र ‘छक्का पन्जा ४’ को गीत ‘दर्शन सलाम’ सार्वजनिक

मेरोन्यूज २०७९ माघ १६ गते १८:४९

बहुप्रतिक्षित चलचित्र ‘छक्का पन्जा ४’ को पहिलो गीत सार्वजनिक भएको छ।  डेभिड शंकर र सहिमा श्रेष्ठको आवाजमा रहेको ‘दर्शन सलाम’ बोलको गीत सार्वजनिक गर्दै निर्माण टिमले आफ्नो औपचारिक प्रचारको समेत सुरुवात गरेको छ।  गीतमा राजेन्द्र थापाको शब्द र दिपक शर्माको संगीत रहेको छ।
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा दिपकराज गिरि, दिपाश्री निरौला, स्वस्तिमा खड्का, केदार घिमिरे माग्नेबुढा, बुद्धि तामाङ्ग, राज आचार्य लगायतका कलाकार फिचर रहेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

हेमराज बिसीको निर्देशनमा रहेको चलचित्र फागुन १९ गतेबाट रिलिज हुदैछ।  दिपकराज गिरिको कथा रहेको चलचित्र आमा सरस्वती मुभिज र आइएमीको प्रस्तुतिमा निर्माण भएको हो।  चलचित्रको कार्यकारी निर्मातामा केदार घिमिरे माग्ने बुढा र निर्मल शर्मा रहेका छन्।

३ वटै सिक्वेल हिट दिएको यो टीमले यो पटक सहरको कथा बोल्ने निर्माण टिमले बताएको छ।  चलचित्रमा दिपकराज गिरि, दिपाश्री निरौला, केदार घिमिरे, बुद्धि तामाङ्ग, बेनिशा हमाल, मलिना जोशी, राज आचार्य लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया