“सेवा शुल्कको खारेजी पछि मजदुरहरु आन्दोलित”

१५ पौष २०६३ बाट सुरु भएको सेवा शुल्क ११ पौष २०७९ मा सर्बोच्च अदालतको संबैधानिक इजलासको फुल बेन्च द्वारा खारेज गर्ने फैसला गरे पछि अहिले लाखौं होटल मजदुर आन्दोलित बनेका छ्न।
यसै क्रममा आज प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई तीन ठुला ट्रेड युनियन अखिल नेपाल ट्रेड युनियन महासंघ, ट्रेड युनियन काँग्रेस र जि-फन्ट को संयुक्त टोलिले भेटी ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गराएको छ, उक्त भेटमा अखिल नेपाल ट्रेड युनियन महासंघ फ्राक्सन इन्चार्ज जयपुरी घर्ती, JTUCC तथा G-FONTअध्यक्ष बिनोद श्रेष्ठ, ट्रेड युनियन काँग्रेस NTUC उपाध्यक्ष नेत्र बिक्रम थापा,अखिल नेपाल ट्रेड युनियन महासंघ ANTUF अध्यक्ष जगत सिंखडा तथा होटल सेक्टरको प्रतिनिधीहरुको उपस्थिती रहेको थियो भने त्यस छोटो भेटमा अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुराँ मजदुर संघको केन्द्रीय अध्यक्ष कुमार पन्तले प्रधानमन्त्री लाई संयुक्त ज्ञापन पत्र वाचन गरि सुनाएका थिए।
बर्षौं देखि खाइपाइ आएको सेवा सुबिधा अस्ति ११ गतेको सर्बोच्च अदालतको “उत्प्रेषण परमादेश” द्वारा खारेज गरि गुमे पछि मजदुरहरु आन्दोलित हुनु स्वाभाबिक हो। यसै बिच संयुक्त संघर्ष समितिको बैठक बसि सरोकार वाला पक्ष संग छलफल तिब्र बनाउने तालुक्दार मन्त्रालयहरुमा ज्ञापन पत्र बुझाउने र No service charge ! No service!! को नारा दिएर बिरोध स्वरुप बिभिन्न संघर्षको कार्यक्रम सहित आम हड्ताल सम्म गरि संपुर्ण होटलहरु ठप्प पार्ने योजना सहित यहि माघ १८ गते दिउँसो १ बजे सोल्टी होटलमा बृहत् संयुक्त बिरोध कार्यक्रम गरि बांकी संघर्षको कार्यक्रम घोषणा गर्ने जानकारी प्राप्त भएको छ।
















जेडटिई रेडम्याजिक ११ प्रो नेपाली बजारमा आउँदै
कञ्चनपुरमा ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
विश्वमा १ करोड ७ लाखमा सक्रिय क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर
दुग्ध उत्पादक किसानले ५५ करोड भूक्तानी पाएनन्
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
प्रतिक्रिया