डेटिङको खबरकाबीच एकसाथ भेटिए अनन्या पाण्डे र आदित्य रोय कपुर

बलिउड अभिनेत्री अनन्या पाण्डे र आदित्य रोय कपुर आजभोली आफ्नो प्रेम जीवनका कारण चर्चामा छन् । हालै दुवै जना एकअर्कालाई डेट गरिरहेको खबर आएको थियो । यसैबीच यी दुवै सोमबार (३० जनवरी) मा एकसाथ स्पोट भएका थिए।
वास्तवमा फिल्म निर्माता करण जोहरले आफ्नो बान्द्राको घरमा पार्टी आयोजना गरेका थिए । यसमा अनन्या पाण्डे र आदित्य रोय सहभागी हुन गएका थिए । पार्टीमा अनन्या कालो बडीकन ड्रेसमा देखिएकी थिइन् । जहाँ आदित्य क्याजुअल लुकमा देखिएका छन् । उनले कालो टोपीसहित कालो टि–सर्ट लगाएका थिए ।
सामाजिक सञ्जालमा उनीहरुको भिडियो पनि सार्वजनिक भएको छ, जसमा दुवै अलग–अलग कारमा करणकहाँ गइरहेका छन् । भिडियो हेरेपछि केही फ्यानले जानीजानी दुवै एउटै कारबाट नआएको बताएका छन् । कतिपयले उनीहरुको जोडीको तारिफ गर्दै भने, ‘दुबै सँगै निकै क्यूट देखिन्छन् ।
केहि महिना अघि मिडियामा खबर आएको थियो कि अनन्या र आदित्य बिच केहि चलिरहेको छ, तर यस विषयमा आधिकारीक जानकारी भने आएको छैन । रिपोर्टमा यो पनि दावी गरिएको छ कि यी दुईले भर्खरै एकअर्कालाई डेट गर्न थालेका छन्, जसको कारणले गर्दा दुबै मिडियामा सँगै कैद भएनन्।

















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया