फिल्म ‘प्रेमा’को फस्टलुक सार्वजनिक, चैत १७ गते रिलिज हुँदै

काठमाडौं। निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म ‘प्रेमा’को फस्टलुक सार्वजनिक भएको छ । बाघठाटा फिल्म फ्याक्ट्रीको ब्यानरमा निर्मित फिल्म आगामी चैत १७ मा रिलिज हुँदै छ ।
फस्टलुकमा फिल्मका प्रमुख कलाकार अरुण क्षेत्री, शुभेक्क्षा खड्का र सृष्टि श्रेष्ठलाई स्थान दिइएको छ । पोस्टरमा अरुण र शुभेक्क्षा तथा सृष्टि र अरुणलाई रोमान्टिक भावमा देखाइएको छ । अर्को फस्टलुकमा शुभेक्क्षा, अरुण र सृष्टिलाई खुशीको मुडमा देख्न सकिन्छ । तेस्रो पोस्टरमा शुभेक्क्षा र अरुण रोमान्टिक हुँदा छेउमा अरुण र सृष्टिको खुशी मुड देखाइएको छ।
निर्देशक भण्डारीले फिल्मले त्रिकोणात्मक प्रेमकथा बोल्ने बताए । फिल्म ‘मञ्जरी’, ‘लभ यू बाबा’, ‘हैरान’, ‘मेरो पैसा खै’, ‘गाँजाबाजा’ र ‘चिनी कम रङ कडा’ जस्ता फिल्ममा सह निर्देशकका रुपमा काम गरेका निर्देशक भण्डारीको पूर्ण निर्देशकीय डेब्यू फिल्म ‘रणवीर’ हो । यो फिल्ममा उनकै लेखनसमेत थियो । यो फिल्मबाट उनले कामको राम्रो तारिफ पाएका थिए ।
फिल्म ‘प्रेमा’मार्फत गोविन्दले फिल्म निर्माणमा पनि पाइला चालेका छन् । गोविन्दसँग लेखक तथा निर्देशक विवेक घिमिरेले ‘प्रेमा’ निर्माणमा सहकार्य गरेका छन् । अमेरिकाको बोस्टन, मेसाच्युसेटमा बस्ने घिमिरे फिल्म ‘चिनी कम रङ कडा’का निर्देशकसमेत हुन् ।
फिल्म ‘प्रेमा’ काठमाडौं, धनगढी र कर्णालीमा सुटिङ गरिएको हो । फिल्ममा अरुण, शुभेक्क्षा र सृष्टिका अलावा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया (काजु) को अभिनय छ ।
सामर्थ विक्रम थापाको कार्यकारी निर्माण रहेको फिल्ममा सुशान्त गौतमको संगीत, सुशान्त, सबिन एकतारे र अनिल शर्माको गीत, अमिषा शाहीको मेकअप, मेघराज पौडेलको प्रोडक्सन, डुकराज घिमिरेको कला, कृष्णबहादुर थापाको सहायक छायांकन, कुलदीप शर्मा, जगदिश न्यौपाने र अनुप केसीको सहायक निर्देशन छ ।
फिल्ममा चन्द्र भट्टराईको प्रमुख सहायक निर्देशन, अमित श्रेष्ठको व्याकग्राउण्ड स्कोर र ५.१ मिक्सिङ, शैफुद्दीन कादर मोहम्मदको क्रिएटिभ हेड, रिवाज कार्की र गडरेज पिक्चरको भीएफएक्स, कृष्ण भण्डारीको सम्पादन तथा रंग संयोजन र महेश पौडेल(वाइका) को डीओपी छ । महेश ‘मञ्जरी’ र ‘रणवीर’का डीओपीसमेत हुन् । फिल्मलाई उपत्यकामा जीजीए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।









एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
युके पठाउने भन्दै ५२ लाख ठगी गर्ने एक जना पक्राउ
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
‘पिकअपभ्यान’सहित १७६ किलो गाँजा बरामद
भिरबाट लडेर एक वृद्धाको मृत्यु
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया