बक्स अफिसमा धमाका मचाउँदै ‘पठान’, नाै दिनकाे कमाइ सात सय करोड

शाहरुख खानको फिल्म ‘पठान’ रिलिज भएको नाै दिन बितिसकेको छ र यसले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । फिल्मको नवौं दिनको कलेक्शन सार्वजनिक भएको छ ।
रिपोर्टका अनुसार, ९ औं दिन ‘पठान’ को भारतीय नेट कलेक्शन लगभग १५.५० करोड थियो। ९ दिनको कलेक्शन सहित ‘पठान’ ले अहिलेसम्म भारतमा ३६४ करोड कमाइसकेको छ । ‘पठान’ले पहिलो दिन हिन्दी संस्करणमा मात्र ५५ करोड कमाएको थियो । त्यस्तै फिल्मले दोस्रो दिन ६८ करोड र तेस्रो दिन ३८ करोडको व्यापार गरेको थियाे । त्यसपछि फिल्मले सप्ताहन्तमा ११० करोड भारु कमाएको थियो ।
फिल्मले सोमबार २५.५० करोड र मंगलबार २२ करोड कमाएको थियाे । तर, सातौं दिनमा फिल्मको कमाई केही सुस्त रह्यो । तर फिल्मको ९ औं दिनको दोहोरो अंकको कमाईले ‘पठान’ आगामी दिनमा धेरै ठूला रेकर्ड तोड्ने देखाएको छ ।
रिपाेर्टका अनुसार पठानले ९ दिनमा विश्वभर ७ सय करोड रुपैयाँ कमाइसकेका छ । यस अनुसार शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम स्टारर फिल्म चाँडै १००० करोडको क्लबमा सामेल हुने देखिएको छ ।










स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ
एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक आज बस्दै
जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै
रवि लामिछाने आज आज रिहा हुँदै
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया