बक्स अफिसमा धमाका मचाउँदै ‘पठान’, नाै दिनकाे कमाइ सात सय करोड

शाहरुख खानको फिल्म ‘पठान’ रिलिज भएको नाै दिन बितिसकेको छ र यसले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । फिल्मको नवौं दिनको कलेक्शन सार्वजनिक भएको छ ।
रिपोर्टका अनुसार, ९ औं दिन ‘पठान’ को भारतीय नेट कलेक्शन लगभग १५.५० करोड थियो। ९ दिनको कलेक्शन सहित ‘पठान’ ले अहिलेसम्म भारतमा ३६४ करोड कमाइसकेको छ । ‘पठान’ले पहिलो दिन हिन्दी संस्करणमा मात्र ५५ करोड कमाएको थियो । त्यस्तै फिल्मले दोस्रो दिन ६८ करोड र तेस्रो दिन ३८ करोडको व्यापार गरेको थियाे । त्यसपछि फिल्मले सप्ताहन्तमा ११० करोड भारु कमाएको थियो ।
फिल्मले सोमबार २५.५० करोड र मंगलबार २२ करोड कमाएको थियाे । तर, सातौं दिनमा फिल्मको कमाई केही सुस्त रह्यो । तर फिल्मको ९ औं दिनको दोहोरो अंकको कमाईले ‘पठान’ आगामी दिनमा धेरै ठूला रेकर्ड तोड्ने देखाएको छ ।
रिपाेर्टका अनुसार पठानले ९ दिनमा विश्वभर ७ सय करोड रुपैयाँ कमाइसकेका छ । यस अनुसार शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम स्टारर फिल्म चाँडै १००० करोडको क्लबमा सामेल हुने देखिएको छ ।















अब अधिवेशन तिर लागौँ अदालत तिर होइन : महामन्त्री पौडेल
भक्तपुरमा जिब्रो छेड्ने जात्राको ब्रत सुरु
काठमाडौँमा दुर्घटना न्यूनीकरण गर्न सचेतना अभियान
नयाँ FZ FI New Gen सार्वजनिकसँगै यामाहा ब्लू फेस्टमा मनाइयो इनोभेसनको उत्सव
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया