सुपर मादी हाइड्रोपावरको आइपीओ बाँडफाँड
मेरोन्यूज
२०७९ माघ २३ गते ११:३९

काठमाडौं । सुपर मादी हाइड्रोपावरको आइपीओको आज बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलले आज सोमबार बिहान आइपीओ बाँडफाँड गरेको हो ।
क्यापिटलका अनुसार आइपीओ कुल १३ लाख ४ हजार २ सय ८ जना आवेदकबाट कुल १ करोड ४५ लाख २७ हजार ६ सय ३० कित्ताको लागि आवेदन परेको थियो। जसमध्ये ५ हजार ५ सय १५ जनाको आवेदन रद्द भएको छ ।
माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १२ लाख ९८ हजार ६ सय ९३ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरेको हो । यस हिसाबमा गोलाप्रथाबाट कुल १ लाख ७४ हजार ३ सय जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदकको भने हात खाली भएको छ ।
सुपर मादी हाइड्रोपावर लिमिटेडले माघ ९ गतेदेखि माघ १२ गतेसम्म सर्बसाधारणलाई आइपीओ बिक्री खुला गरेको थियो ।
आइपीओको नतिजा केहि समयपछि हेर्न सकिनेछ ।
सम्बन्धित
















वार्ता संकेतबीच इरानले हान्याे मिसाइल
अष्ट्रेलियामा मुद्रास्फीति घटेर ३.७ प्रतिशतमा, अपेक्षाभन्दा राम्रो स्थिति
निष्पक्ष र पारदर्शीरुपले सभामुखको कार्यसम्पादन गर्नेछु : ज्येष्ठ सदस्य केसी
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले गरे पदभार ग्रहण
सुनसान सिंहदरबार
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया