कर्जा ब्याजदर एक अङ्कमा कायम गर्न माग
मेरोन्यूज
२०७९ माघ २६ गते २१:०५

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले कर्जा ब्याजदर एक अङ्कमा कायम गर्न माग गरेको छ । महासङ्घका अध्यक्ष कुमार कार्की नेतृत्वको टोलीले आज नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई भेटेर बैंक तथा वित्तीय क्षेत्रमा उच्च ब्याजदरका कारण व्यवसायी व्यवसायबाट नै पलायन हुनुपर्ने अवस्था आएको भन्दै कर्जा ब्याजदर एक अङ्क कायम गर्न माग गरेको हो ।
महासङ्घले सबै बैंक तथा वित्तीय संस्थाको ब्याजदर समान हुनुपर्ने, सहुलियत विना धितो कर्जालाई रु १५ लाखबाट बढाएर कम्तीमा रु २५ लाख र बैंक तथा वित्तीय संस्थाको लगानी ५० प्रतिशत उत्पादनमूलक क्षेत्रमा गर्नुपर्ने बाध्यकारी नीति बनाउनुपर्ने बताएको छ । गर्भनर अधिकारीले उद्योग तथा व्यवसायलाई अगाडि बढाउनका लागि राष्ट्र बैंक सकारात्मक रहेको धारणा सो अवसरमा व्यक्त गर्नुभएको जनाइएको छ ।
सम्बन्धित
















इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
सिद्धार्थ बैंकद्वारा ग्लोबल मनी विकमा विविध कार्यक्रम
डेनमार्क र दक्षिण कोरियामा नेपाल टेलिकमको भोल्टी रोमिङ सेवा विस्तार
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
कांग्रेस विवाद ब्युँतियो : छुट्टै केन्द्रीय समिति बैठक बोलाउने देउवा समुहकाे निर्णय
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
प्रतिक्रिया