रग्बी लिग आइतबारदेखि
मेरोन्यूज
२०७९ माघ २७ गते १९:५९

काठमाडौं । नेपाल रग्बी सङ्घको आयोजनामा तेस्रो रग्बी लिग यही माघ २९ गतेदेखि सुरु हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा हुने उक्त प्रतियोगितामा विभिन्न चार टोलीको सहभागिता रहने सङ्घका अध्यक्ष दीपक देवकोटाले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रतियोगितामा आकाश भैरव क्लब, गोर्खाली रग्बी क्लब, हिमालयन टाइगर रग्बी क्लब र आर्मी क्लबले सिङ्गल राउन्ड रोबिन पद्दतिमा प्रतिस्पर्धा गर्नेछन् ।
हिमालयन टाइगरमा दुई विदेशी खेलाडी रहेका छन् भने गोर्खालीको टोलीमा इङल्यान्ड र फिजीका एक–एक खेलाडी छन् । बाँकी दुई टोलीमा विदेशी खेलाडी नरहेको आयोजकले जनाएको छ । प्रतियोगितामा यही माघ २९ गते, फागुन ३ गत र फागुन ६ गते समान दुई–दुई खेल हुनेछ । यसअघि भएको पहिलो संस्करणको खेलमा आर्मी र दोस्रो संस्करणको खेलमा गोर्खाली रग्बी क्लबले उपाधि जितेको थियो ।
सम्बन्धित
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री
आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रतिक्रिया